१३ बैशाख २०८१, बिहीबार
संघीयता सहयोग कार्यक्रम अन्तरगत सामाग्री हस्तान्तरण
बुधबार, आश्विन २१ १६:४५

संघीयता सहयोग कार्यक्रम अन्तरगत सामाग्री हस्तान्तरण


धनगढी,२१ असोज
यूएसएडको साझेदारीमा संचालित संघीयता सहयोग कार्यक्रम अन्तरगत धनगढी उप–महानगरपालिकालाई बुधवार बिभिन्न सामाग्री हस्तान्तरण गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडलाई कार्यक्रमका डेपुटी चिफ अफ पार्टी राकेश कर्णले ल्यावटप एक थना, राउटर एक थान, एयर कन्डिशन १ थान, ‘६५’ टिभी एक थान, पावर ब्याकअफ १ थान, अटोमेटिक स्टीप्लाईजर १ थान लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
नगरप्रमुख नृपबहादुर वडले सूचना प्रविधी हल तयार गर्नका लागि बिभिन्न उपकरण सहितका सामाग्रीहरु प्राप्त गरिएको बताए । ‘यूएसएडको साझेदारीमा संचालित संघीयता सहयोग कार्यक्रम अन्तरगत बिभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुदै आएको छ’ नगरप्रमुख वडले भने, ‘वहाँहरुले एक जना कर्मचारीलाई नै खटाएर सहयोग गरिराख्नु भएको छ ।’
सामाग्री हस्तान्तरण कार्यक्रममा तालिम विज्ञ पुरुषोत्तम अधिकारी र कार्यक्रका धनगढी नगर संयोजक टेक रानाको उपस्थीति रहेको थियो । यसै कार्यक्रमको टोलीले धनगढी उप–महानगरपालिका नगरप्रमुख, योजनाशाखा प्रमुख, सामुदायीक विकास शाखा प्रमुख, सूचना प्रविधी शाखाका प्रमुख संग कार्यक्रमका बिषयमा छलफल समेत गरेका थिए ।

Sharing is caring!

टीकापुर नगरपालिका सिल गर्ने तयारी कर्मचारीमा कोरोना देखियो
बुधबार, आश्विन २१ १६:४५
धनगढीमा कोरोना संक्रमितको संख्या साढे ८ सय नाघे
बुधबार, आश्विन २१ १६:४५
shares