बिहीबार, कार्तिक ६ ०७:१५
कैलालीको चिसापानी मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यानगयो।

कैलालीको चिसापानी मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका १ का रंगप्रसाद न्यौपानेको मृत्यु भएको प्रहरी ले जनाएको छ।
न्यौपानेले चलाएको सुपप्र ०१००८प १६२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएपछि उपचारका लागि लालरत्न अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको बीहिबार राती मृत्यु भएको हो ।
यस्तै मोटरसाइकलको पछाडी सवार लम्कीचुहा नगरपालिका १ कै ३९ वर्षीय जयप्रकाश न्यौपोने र ५० वर्षी जन्मजय न्यौपाने घाइते भएका छन् ।
उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको
साभार दिनेश खबर