२५ बैशाख २०७८, शनिबार
राष्ट्रिय दलित पत्रकार संघको कैलाली शाखा गठन
शनिबार, माघ २४ १८:०१

राष्ट्रिय दलित पत्रकार संघको कैलाली शाखा गठन

राष्ट्रिय दलित पत्रकार संघको कैलाली शाखा गठन गरिएको छ । संघको सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष रमा भट्टराई जैरुको अध्यक्षतामा बसेको बैठकले जिल्ला समिति गठन गरेको हो ।

बैठकले हिक्मतबहादुर भुलको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कल्पना विसी, कोषाध्यक्षमा पुस्कर नेपाली, सचिवमा पूर्णिमा जनाला चयन भएका छन् ।

समितिको सदस्यमा रक्षा बागचन, रुपेश जैरु, प्रकाश नागरी, उशाकिरण ज्योति र विप्लव जैरु चयन भएका छन् ।

यस्तै, बैठकले आगामी फागुन २१ र २२ गते बुटवलमा हुने संघको प्रथम राष्ट्रिय सम्मेलनका लागि पाँच जना प्रतिनिधि पनि छनोट गरेको छ ।

सम्मेलनका लागि शाखा अध्यक्ष हिक्मतबहादुर भुल, कोषाध्यक्ष पुस्कर नेपाली, सचिव पूर्णिमा जनाला, सदस्य उशाकिरण ज्योति र कल्पना विसी प्रतिनिधिमा छनोट भएका छन् ।

बैठक संघका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज मिलन परियारको विशेष उपस्थितिमा बसेको थियो ।

Sharing is caring!

साईन नेपाल द्वारा बेदकोट नगरपालिका असहायहरुलाई कम्बल बितरण
शनिबार, माघ २४ १८:०१
बैतडीमा दुई भयका हत्या प्रकरणका दोषीलाई कारवाही गर्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र
शनिबार, माघ २४ १८:०१
shares