बुधबार, मंसिर १ १४:०७
अध्यक्ष बोगटीद्वारा पर्यटकिय क्षेत्रको सिलान्यास
डोटी,मङ्सिर ०१ ,डोटीको पुर्बीचौकी गाउपालीका मा रहेको रान्ढुंगा पर्यटकिय क्षेत्रको सिलान्यास गरियको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि गाउपालीकाका अध्यक्ष दिर्घ राज बोगटीले सिलान्यास गरेका हुन । चार करोड ऊनानब्बे लाखको लागतका पर्यटकिय क्षेत्र निर्माण हुन लागेको हो ।

सो क्षेत्रमा २ वटा मन्दिर, रेलिग बाटो, ४ वटा प्रतिक्षालय, पार्क र २ वटा प्रबेस द्वार निर्मीण हुने गाउपालीका अध्यक्ष दिर्घ राज बोगटीले बताए । उनले यो क्षेत्रको बिकास भए पर्यटन क्षेत्रमा समेत टेवा पूग्ने बताए । सो गाउपालीकामा खप्तड ,बगलेख लगायतका पर्यटकिय क्षेत्रहरु रहेका छन ।
