थारु कला र संस्कृतिले भरिएको ‘अंगना मे बैठल धानि’ गीत सार्वजनिक। ( भिडियो सहित)
धनगढी। थारु कला, संस्कृति र परम्परालाई समेटिएको ‘अंगना मे बैठल धानि’ गीत सार्वजनिक भएको छ। गीतमा गायक राजु चौधरी ‘राज’ र गायिका समीक्षा चौधरीको स्वर रहेको छ भने शब्द तथा सङ्गीत राजु रत्गैया र राजु चौधरी ‘राज’ ले तयार पारेका हुन्। सङ्गीत संयोजन शिशिर साधक र बिमल चौधरीले गरेका छन्।आदर्श महतोको निर्देशनमा तयार गीतको छायाङ्कन तथा सम्पादन एचडीआर रानाले गरेका छन्। कञ्चनपुरको मजगाईमा छायाङ्कन गरिएको भिडियोमा मुन्ना लव कुश्मी, समु चौधरी र रामु कुश्मीले अभिनय गरेका छन्। भिडियोमा थारु समुदायको मौलिक पहिरन, रहनसहन र सांस्कृतिक परिवेश प्रस्तुत गरिएको छ।थारु सांस्कृतिक दिवस तथा ‘दिन नचवा’ को विशेषता समेटिएको गीतले थारु कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने अपेक्षा गरिएको छ। दशैंको अवसरमा सार्वजनिक गीतले थारु भाषा र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ।