Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the popup-maker domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/kailario/khabarchitra.com/wp-includes/functions.php on line 6260

Deprecated: dpsp_get_network_share_link(): Implicitly marking parameter $post_url as nullable is deprecated, the explicit nullable type must be used instead in /home2/kailario/khabarchitra.com/wp-content/plugins/social-pug/inc/functions.php on line 299

Deprecated: dpsp_get_network_share_link(): Implicitly marking parameter $post_title as nullable is deprecated, the explicit nullable type must be used instead in /home2/kailario/khabarchitra.com/wp-content/plugins/social-pug/inc/functions.php on line 299

Deprecated: dpsp_get_network_share_link(): Implicitly marking parameter $post_description as nullable is deprecated, the explicit nullable type must be used instead in /home2/kailario/khabarchitra.com/wp-content/plugins/social-pug/inc/functions.php on line 299

Deprecated: dpsp_get_network_share_link(): Implicitly marking parameter $post_image as nullable is deprecated, the explicit nullable type must be used instead in /home2/kailario/khabarchitra.com/wp-content/plugins/social-pug/inc/functions.php on line 299

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the social-pug domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/kailario/khabarchitra.com/wp-includes/functions.php on line 6260

Deprecated: Return type of Holler_Lead::offsetExists($offset) should either be compatible with ArrayAccess::offsetExists(mixed $offset): bool, or the #[\ReturnTypeWillChange] attribute should be used to temporarily suppress the notice in /home2/kailario/khabarchitra.com/wp-content/plugins/holler-box/includes/class-holler-lead.php on line 160

Deprecated: Return type of Holler_Lead::offsetGet($offset) should either be compatible with ArrayAccess::offsetGet(mixed $offset): mixed, or the #[\ReturnTypeWillChange] attribute should be used to temporarily suppress the notice in /home2/kailario/khabarchitra.com/wp-content/plugins/holler-box/includes/class-holler-lead.php on line 164

Deprecated: Return type of Holler_Lead::offsetSet($offset, $value) should either be compatible with ArrayAccess::offsetSet(mixed $offset, mixed $value): void, or the #[\ReturnTypeWillChange] attribute should be used to temporarily suppress the notice in /home2/kailario/khabarchitra.com/wp-content/plugins/holler-box/includes/class-holler-lead.php on line 172

Deprecated: Return type of Holler_Lead::offsetUnset($offset) should either be compatible with ArrayAccess::offsetUnset(mixed $offset): void, or the #[\ReturnTypeWillChange] attribute should be used to temporarily suppress the notice in /home2/kailario/khabarchitra.com/wp-content/plugins/holler-box/includes/class-holler-lead.php on line 180

Deprecated: Constant FILTER_SANITIZE_STRING is deprecated in /home2/kailario/khabarchitra.com/wp-content/plugins/wp-smushit/core/modules/helpers/class-parser.php on line 229

Deprecated: Constant FILTER_SANITIZE_STRING is deprecated in /home2/kailario/khabarchitra.com/wp-content/plugins/wp-smushit/core/modules/helpers/class-parser.php on line 234

Deprecated: Creation of dynamic property Smush\Core\Modules::$webp is deprecated in /home2/kailario/khabarchitra.com/wp-content/plugins/wp-smushit/core/class-modules.php on line 95

Deprecated: Creation of dynamic property Smush\Core\Modules\Helpers\Parser::$iframes is deprecated in /home2/kailario/khabarchitra.com/wp-content/plugins/wp-smushit/core/modules/helpers/class-parser.php on line 87

Warning: Cannot modify header information - headers already sent by (output started at /home2/kailario/khabarchitra.com/wp-content/plugins/wp-smushit/core/modules/helpers/class-parser.php:229) in /home2/kailario/khabarchitra.com/wp-includes/feed-rss2.php on line 8
Fetured Archives - खबरचित्र https://khabarchitra.com/category/featured/ तपाईंको समय। तपाईंको समाचार। Fri, 23 Oct 2026 02:14:01 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.1.3 https://khabarchitra.com/wp-content/uploads/2019/12/cropped-78428905_2438338626453491_4582695294122065920_n-1-1-32x32.png Fetured Archives - खबरचित्र https://khabarchitra.com/category/featured/ 32 32 ‘कबड्डी ५’ को अग्रिम बुकिङमा उछाल, पहिलो दिन १.५० करोडको लक्ष्य https://khabarchitra.com/2026/10/23/6293/ https://khabarchitra.com/2026/10/23/6293/#respond Fri, 23 Oct 2026 02:08:37 +0000 https://khabarchitra.com/?p=6293 धनगढी। नेपाली चलचित्र ‘कबड्डी ५’ ले प्रदर्शनमा आउनुअघि नै अग्रिम बुकिङमा आक्रामक सुरुवात गरेको छ। आजदेखि विश्वभर प्रदर्शनमा आउन लागेको चलचित्रले नेपालमा २४१ भन्दा बढी शो पाएको छ भने अग्रिम बुकिङमै ठूलो सङ्ख्यामा शो हाउसफुल भएका छन्।उपलब्ध बुकिङ विवरणअनुसार चलचित्रका २०३ भन्दा बढी शो अग्रिम बुकिङमै हाउसफुल भइसकेका छन्। यो प्रदर्शनअघिको उत्साहले नेपाली चलचित्र बजारमा ‘कबड्डी ५’ प्रति दर्शकको आकर्षण उच्च रहेको सङ्केत गरेको छ। चलचित्रले अघिल्लो शृङ्खला ‘कबड्डी ४’ को अग्रिम बुकिङसम्बन्धी रेकर्डसमेत उछिनेको दाबी गरिएको छ।

अग्रिम बुकिङको यही गति कायम रहेमा प्रदर्शनको पहिलो दिन २०० भन्दा बढी शो हाउसफुल हुने र बाँकी शोमा पनि उच्च अकुपेन्सी रहने अनुमान गरिएको छ। यसबाट चलचित्रले घरेलु बक्स अफिसमा पहिलो दिन नै १ करोड ५० लाख रुपैयाँभन्दा बढी कारोबार गर्न सक्ने अपेक्षा गरिएको छ।यसअघि ‘कबड्डी ४’ ले प्रदर्शनको पहिलो दिन नेपालमा १ करोड २५ लाख रुपैयाँको बक्स अफिस कारोबार गरेको रेकर्ड बनाएको थियो। उक्त चलचित्रले १०० भन्दा बढी शो हाउसफुल गराउँदै नेपाली चलचित्र बजारमा उल्लेखनीय सफलता हासिल गरेको थियो।‘कबड्डी ५’ को अग्रिम बुकिङले देखाएको उत्साहलाई हेर्दा यसले अघिल्लो शृङ्खलाको रेकर्ड तोड्ने सम्भावना बलियो देखिएको छ। यद्यपि, अग्रिम बुकिङका आधारमा गरिएको अनुमान र प्रदर्शनपछि प्राप्त हुने वास्तविक बक्स अफिस कारोबार फरक हुन सक्छ।अब दर्शकको उत्साहलाई वास्तविक व्यापारमा रूपान्तरण गर्दै ‘कबड्डी ५’ ले पहिलो दिन कति कमाइ गर्छ भन्ने विषय नेपाली चलचित्र क्षेत्रका लागि चासोको विषय बनेको छ।

]]>
https://khabarchitra.com/2026/10/23/6293/feed/ 0
‘आबाट आमा २’ को जम्बो टोली कार्तिक ६ गते धनगढी आउँदै, दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने https://khabarchitra.com/2026/10/22/6289/ https://khabarchitra.com/2026/10/22/6289/#respond Thu, 22 Oct 2026 04:55:33 +0000 https://khabarchitra.com/?p=6289 धनगढी। नेपाली चलचित्र ‘आबाट आमा २’ को प्रचारप्रसार तथा दर्शकको प्रतिक्रिया लिन चलचित्रको जम्बो टोली यही कार्तिक ६ गते धनगढी आउने भएको छ।यसअघि कार्तिक ५ गते धनगढी आउने कार्यक्रम तय भए पनि विविध प्राविधिक कारणले टोली एक दिनपछि मात्रै आउने भएको निर्देशक चन्द्र पन्तले जानकारी दिएका छन्।धनगढीस्थित एसटीएस सिनेमा र एसके सिनेमा हलमा आयोजना हुने भेटघाट कार्यक्रममा चलचित्रका मुख्य अभिनेता पल शाह, अभिनेत्री विपना थापा, मलिका महत तथा निर्देशक चन्द्र पन्तलगायत कलाकार र निर्माण टोलीका सदस्य सहभागी हुनेछन्।टोलीले दुवै सिनेमा हलमा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने, चलचित्र हेरिसकेका दर्शकको प्रतिक्रिया सुन्ने तथा चलचित्र निर्माणका अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ। लोकप्रिय कलाकारलाई आफ्नै सहरमा प्रत्यक्ष भेट्न पाउने भएपछि धनगढीका चलचित्रप्रेमीमा उत्साह थपिने अपेक्षा गरिएको छ

।पारिवारिक कथावस्तु, आमाप्रतिको माया, त्याग र भावनात्मक सम्बन्धलाई मुख्य विषय बनाएको ‘आबाट आमा २’ ले दसैँको अवसरमा दर्शकमाझ चर्चा बटुलिरहेको छ। पारिवारिक संवेदना र आमासँग जोडिएका भावनात्मक पक्षलाई पर्दामा प्रस्तुत गरिएको चलचित्रले दर्शकको ध्यान आकर्षित गरिरहेको छ।सुदूरपश्चिमसँग जोडिएका निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण भएको चलचित्रमा धनगढीको परिवेशसमेत समेटिएको छ। यसले स्थानीय दर्शकका लागि चलचित्रलाई थप चासोको विषय बनाएको छ। सुदूरपश्चिमको परिवेशलाई नेपाली चलचित्रमार्फत प्रस्तुत गर्ने प्रयासले यस क्षेत्रको पहिचान र कथावस्तुलाई राष्ट्रिय स्तरमा चिनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।चलचित्रको प्रचारप्रसारसँगै दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिन आयोजना गरिने यो कार्यक्रमले कलाकार र दर्शकबीचको सम्बन्ध अझ नजिक बनाउने विश्वास गरिएको छ। साथै, धनगढीमा नेपाली चलचित्रप्रतिको आकर्षण बढाउन र स्थानीय सिनेमा हलमा दर्शकको सहभागिता अभिवृद्धि गर्न पनि कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।कार्तिक ६ गते हुने भेटघाट कार्यक्रममार्फत ‘आबाट आमा २’ को टोलीले सुदूरपश्चिमका दर्शकसँग चलचित्रबारे प्रत्यक्ष संवाद गर्नेछ।

]]>
https://khabarchitra.com/2026/10/22/6289/feed/ 0
बडादसैँमा चर्चाको शिखरमा ‘आबाट आमा २’, सुदूरपश्चिमका दर्शकलाई आफ्नै घर आँगनको कथा https://khabarchitra.com/2026/10/20/6281/ https://khabarchitra.com/2026/10/20/6281/#respond Tue, 20 Oct 2026 15:23:58 +0000 https://khabarchitra.com/?p=6281 विवेक नागरी ,धनगढी। बडादसैँको अवसरमा यतिबेला देशविदेशमा नेपाली चलचित्रको चर्चा चुलिएको छ। प्रदर्शनरत चलचित्रहरूमध्ये पारिवारिक कथावस्तुमा आधारित चलचित्र ‘आबाट आमा २’ दर्शकमाझ विशेष चर्चामा रहेको छ। पारिवारिक सम्बन्ध, आमाप्रतिको माया, प्रेम र वैदेशिक यात्राका क्रममा परिवारले भोग्नुपर्ने सुखदुःखलाई समेटिएको यस चलचित्रले दर्शकको ध्यान खिचिरहेको छ।निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार भएको ‘आबाट आमा २’ गत वर्ष व्यावसायिक रूपमा सफल बनेको चलचित्र ‘आबाट आमा’ को दोस्रो शृङ्खला हो। पहिलो चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि निर्देशक पन्तले यस वर्ष पुनः ‘आबाट आमा २’ निर्माण गरेका हुन्। चलचित्रले पहिलो भागबाट स्थापित पारिवारिक भावनात्मक कथालाई निरन्तरता दिँदै दर्शकसँग भावनात्मक सम्बन्ध जोड्ने प्रयास गरेको छ।चलचित्रमा पल शाह मुख्य भूमिकामा देखिएका छन्। त्यस्तै, विपना थापा, आकाश श्रेष्ठ, मलिका महत, सारस पोखरेललगायतका कलाकारको अभिनय रहेको छ। भारतीय स्वर्गीय अभिनेता प्रदीप रावतको समेत अभिनय रहेको चलचित्रले नेपाली समाजको पारिवारिक परिवेश र सम्बन्धका विभिन्न आयामलाई पर्दामा उतार्ने प्रयास गरेको छ।चलचित्रको मुख्य आकर्षण आमाप्रतिको छोराको माया, पारिवारिक जिम्मेवारी, वैदेशिक यात्राले परिवारमा पार्ने प्रभाव तथा माया–प्रेमका भावनात्मक पक्ष हुन्। परिवारबाट टाढा रहनुपर्ने बाध्यता र आफ्ना प्रियजनप्रतिको आत्मीयताजस्ता विषयलाई प्रस्तुत गरिएकाले चलचित्रले दर्शकलाई भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको छ।यस चलचित्रको अर्को विशेष पक्ष भनेको सुदूरपश्चिम प्रदेशसँगको सम्बन्ध हो। निर्देशक चन्द्र पन्तले चलचित्रमा सुदूरपश्चिमलाई समेत जोड्दै कैलालीको धनगढीलाई कथासँग समेटेका छन्। यसले चलचित्रलाई केवल मनोरञ्जनमा सीमित नराखी स्थानीय परिवेश, रहनसहन र दर्शकको आफ्नै जीवनसँग जोड्ने अवसर दिएको छ।विशेषगरी सुदूरपश्चिमका दर्शकका लागि धनगढी र आसपासको परिवेश पर्दामा देखिनु थप आकर्षण बनेको छ। चलचित्र हेर्दा आफ्नै घरआँगन, समाज र पारिवारिक सम्बन्धको झल्को पाउने दर्शक भावुकसमेत हुने गरेका छन्। पर्दामा देखिने परिचित परिवेश र कथाले दर्शकलाई चलचित्रसँग अझ नजिक बनाएको छ। नेपाली चलचित्रको कथावस्तुमा स्थानीय भूगोल, संस्कृति र जनजीवनलाई समेट्दा दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा पनि ‘आबाट आमा २’ लाई लिन सकिन्छ। सुदूरपश्चिमको परिवेशलाई कथासँग जोड्ने प्रयासले यस क्षेत्रका दर्शकमा नेपाली चलचित्रप्रतिको अपनत्व बढाउन सहयोग पुग्ने देखिन्छ।बडादसैँ परिवार र आफन्तसँग भेटघाट गर्ने, खुसी साटासाट गर्ने तथा पारिवारिक सम्बन्धलाई अझ बलियो बनाउने पर्व हो। यही पर्वको भावनासँग मेल खाने पारिवारिक कथावस्तु बोकेको ‘आबाट आमा २’ ले दर्शकको मन जित्ने प्रयास गरेको छ। चलचित्रले मनोरञ्जनसँगै परिवार, माया र सम्बन्धको महत्त्वलाई समेत स्मरण गराउने अपेक्षा गरिएको छ।

]]>
https://khabarchitra.com/2026/10/20/6281/feed/ 0
‘कबड्डी ५’को देशभर सर्वाधिक शोमा अग्रिम टिकट बुकिङ खुला, आफ्नो शो सुरक्षित गर्न दयाहाङको आग्रह https://khabarchitra.com/2026/10/20/6278/ https://khabarchitra.com/2026/10/20/6278/#respond Tue, 20 Oct 2026 08:42:44 +0000 https://khabarchitra.com/?p=6278 काठमाडौं । रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को देशभरका हलमा अग्रिम टिकट बुकिङ खुला गरिएको छ। क्यूएफएक्स, आईएनआई, फ्रेन्ड्स सिनेमालगायतका हलमा चलचित्रको अग्रिम टिकट बुकिङ खुला गरिएको हो।कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रले अग्रिम बुकिङ खुला भएसँगै देशभरका मल्टिप्लेक्समा उल्लेख्य शो पाएको छ। निर्माण टोलीका अनुसार हाल क्यूएफएक्स र केही हलमा मात्र शो खुला गरिएको भए पनि अन्य हलमा पनि क्रमशः शो थपिने क्रम जारी छ। देशभरका हलमा चलचित्रले यस वर्षकै सर्वाधिक शो पाउने तयारी भइरहेको निर्माण टोलीले जनाएको छ।निर्माण टोलीका अनुसार चलचित्रले सम्भवतः १७७ भन्दा बढी शो पाउनेछ। यो सङ्ख्या कायम भएमा ‘कबड्डी ५’ यस वर्ष नेपाली चलचित्रका लागि खोलिएको सर्वाधिक शोमध्ये एक बन्नेछ। प्रदर्शनअघि नै चलचित्रले पाएको शो सङ्ख्या र दर्शकको चासोले यसको प्रतीक्षा व्यापक रहेको देखाएको छ।चलचित्रका मुख्य अभिनेता दयाहाङ राईले दर्शकलाई आफ्नो अनुकूल समयको शो सुरक्षित गर्न आग्रह गरेका छन्। अग्रिम टिकट बुकिङ खुला भएसँगै दर्शकले आफूलाई सहज हुने समय र हल छनोट गरी टिकट काट्न सक्नेछन्।रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, मिरुना मगर, रिश्मा गुरुङ र सिर्जना गुरुङलगायत कलाकारको अभिनय रहेको छ। बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्माता छन् भने सागर राज कार्यकारी निर्माता हुन्।चलचित्रको छायाङ्कन सञ्जय लामाले गरेका छन् भने सम्पादन सुरेन्द्र पौडेलको रहेको छ। चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको सङ्गीत रहेको छ। ‘कबड्डी’ शृङ्खलाका अघिल्ला चलचित्रझैँ ‘कबड्डी ५’ ले पनि दर्शकको साथ पाउने निर्माण टोलीको विश्वास छ।

]]>
https://khabarchitra.com/2026/10/20/6278/feed/ 0
प्रहरी नायब उपरीक्षक बेद जोशीको रचना ‘रातो टीका जमरा’ सार्वजनिक(भिडियो सहित) https://khabarchitra.com/2026/10/16/6274/ https://khabarchitra.com/2026/10/16/6274/#respond Fri, 16 Oct 2026 14:18:18 +0000 https://khabarchitra.com/?p=6274 धनगढी। नेपालीहरूको महान् चाड बडादसैँलाई लक्षित गर्दै नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद जोशीको रचनामा तयार भएको दसैँ विशेष गीत ‘रातो टीका जमरा’ सार्वजनिक भएको छ। नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको महत्त्वलाई सङ्गीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको गीतले दसैँको उल्लास, उमङ्ग र पारिवारिक आत्मीयतालाई समेटेको छ।

वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको सङ्गीत रहेको उक्त गीतमा लोकप्रिय गायकद्वय कृष्ण विक र जुनु रिजालले स्वर दिएका छन्। शब्द, सङ्गीत र स्वरको संयोजनमार्फत दसैँको सांस्कृतिक परिवेशलाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। दसैँमा घरआँगनमा छाउने खुसीयाली, रातो टीका र जमराको महत्त्व, आफन्तजनबीचको आत्मीयता तथा परिवारसँगै बसेर चाडपर्व मनाउने नेपाली परम्परालाई गीतले स्मरण गराउँछ।

दसैँ नेपाली समाजको धार्मिक तथा सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको पर्व हो। यस अवसरमा घरपरिवारका सदस्यहरू एकै ठाउँमा भेला हुने, मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने, आशीर्वाद लिने र आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने परम्परा रहिआएको छ। ‘रातो टीका जमरा’ गीतले यिनै सांस्कृतिक पक्षलाई सङ्गीतका माध्यमबाट अभिव्यक्त गर्दै नेपाली चाडपर्वको मौलिकता र महत्त्वलाई उजागर गर्ने प्रयास गरेको छ।

प्रहरी सेवामा रहेर पनि साहित्य, गीत तथा सङ्गीत सिर्जनामा सक्रिय प्रहरी नायब उपरीक्षक बेद जोशीले यसअघि पनि विभिन्न गीत तथा रचनाहरू सिर्जना गरिसकेका छन्। व्यावसायिक जिम्मेवारी निर्वाहसँगै सिर्जनात्मक क्षेत्रमा समेत सक्रिय रहँदै आएका जोशीले आफ्नो रचनामार्फत नेपाली समाज, संस्कृति र परम्परासँग जोडिएका विषयलाई प्राथमिकता दिँदै आएका छन्।

साहित्य तथा सङ्गीत सिर्जना केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजको भाषा, संस्कृति, जीवनशैली र भावनालाई अभिव्यक्त गर्ने सशक्त माध्यम पनि हो। यही मान्यतालाई आत्मसात् गर्दै तयार पारिएको ‘रातो टीका जमरा’ ले नेपाली मौलिक सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ। विशेषगरी चाडपर्वसँग जोडिएका परम्परा र पारिवारिक सम्बन्धको महत्त्वलाई गीतमार्फत प्रस्तुत गर्नु यसको महत्त्वपूर्ण पक्षका रूपमा हेरिएको छ।

पछिल्लो समय नेपाली चाडपर्वलाई केन्द्रमा राखेर विभिन्न गीत तथा सङ्गीत सिर्जना हुने क्रम बढ्दै गएको छ। यस्ता सिर्जनाले चाडपर्वको रौनक थप्नुका साथै नेपाली कला, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समेत योगदान पुर्‍याउँदै आएका छन्। यसै सन्दर्भमा ‘रातो टीका जमरा’ ले दसैँको सांस्कृतिक भावनालाई सङ्गीतमार्फत श्रोता तथा दर्शकमाझ पुर्‍याउने विश्वास गरिएको छ।

डीएसपी बेद जोशीको रचना, वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको सङ्गीत तथा कृष्ण विक र जुनु रिजालको स्वर रहेको ‘रातो टीका जमरा’ दसैँको अवसरमा सार्वजनिक भएको एक सांस्कृतिक सिर्जना हो। गीतले नेपालीहरूको महान् चाड बडादसैँको उल्लास, पारिवारिक सद्भाव र सांस्कृतिक परम्परालाई थप उजागर गर्दै श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

]]>
https://khabarchitra.com/2026/10/16/6274/feed/ 0
‘बा : एक योद्धा’पछि चर्चामा दिव्य देव पन्त https://khabarchitra.com/2026/10/09/6267/ https://khabarchitra.com/2026/10/09/6267/#respond Fri, 09 Oct 2026 15:13:21 +0000 https://khabarchitra.com/?p=6267 विवेक नागरी,धनगढी । सुदूरपश्चिमको बैतडीस्थित पाटन नगरपालिका–लामाखेतबाट नेपाली चलचित्र क्षेत्रमा आएका अभिनेता दिव्य देव पन्त पछिल्लो समय चलचित्र ‘बा : एक योद्धा’का कारण थप चर्चामा छन्। चलचित्रमा प्रमुख भूमिकामा देखिएका पन्तले निर्वाह गरेको बुबाको चरित्रले दर्शकको ध्यान खिचेको छ।एक दशकभन्दा लामो समयदेखि अभिनय क्षेत्रमा सक्रिय पन्तले रंगमञ्च हुँदै चलचित्रमा आफ्नो पहिचान बनाएका हुन्। ‘महाजात्रा’, ‘पिताम्बर’, ‘एक्टर : टेक वन’, ‘कर्म’, ‘बलिदान’लगायत चलचित्रमा अभिनय गरिसकेका पन्तका लागि ‘बा : एक योद्धा’ भने विशेष चर्चामा आएको चलचित्र बनेको छ।चलचित्रमा उनले सन्तानको भविष्यका लागि संघर्ष गर्ने, परिवारप्रतिको जिम्मेवारी पूरा गर्न निरन्तर समर्पित रहने बुबाको भूमिका निर्वाह गरेका छन्।

भावनात्मक उतारचढाव, पारिवारिक पीडा र सन्तानप्रतिको प्रेमलाई पर्दामा प्रस्तुत गर्ने क्रममा पन्तको अभिनयले दर्शकको ध्यान तानेको छ।विशेषगरी बुबाको चरित्रलाई विश्वसनीय बनाउन उनले गरेको शारीरिक तथा मानसिक तयारीले पनि चर्चा पाएको छ। उमेरले आफूभन्दा निकै जेठो पात्रलाई पर्दामा जीवन्त बनाउन उनले आफ्नो हुलिया, शारीरिक बनावट र अभिनय शैलीमा समेत परिवर्तन गरेका थिए।चलचित्र प्रदर्शनपछि सामाजिक सञ्जाल तथा चलचित्र हेरेका दर्शकबाट उनको अभिनयको प्रशंसा भइरहेको छ। ‘बा : एक योद्धा’ले पन्तलाई एउटा फरक र भावनात्मक भूमिकामा दर्शकमाझ स्थापित गराएको प्रतिक्रिया पनि आइरहेको छ।

सुदूरपश्चिमका दर्शकका लागि भने यो चर्चा अझ विशेष छ। आफ्नै प्रदेशबाट आएका कलाकारले राष्ट्रिय स्तरको चलचित्रमा प्रमुख भूमिका निर्वाह गर्दै दर्शकको मन जित्नु क्षेत्रकै लागि गौरवको विषय बनेको छ।बैतडीको पाटनबाट सुरु भएको दिव्य देव पन्तको अभिनय यात्रा अहिले नेपाली चलचित्रको पर्दामा बलियो उपस्थितिका रूपमा देखिन थालेको छ। ‘बा : एक योद्धा’ले उनको अभिनय यात्रामा नयाँ अध्याय थप्दै उनलाई देशभरका दर्शकमाझ अझ परिचित बनाएको छ।

]]>
https://khabarchitra.com/2026/10/09/6267/feed/ 0
एकल रिलिज भयो चलचित्र ‘अक्षरा’, दर्शकको साथ पाउने अपेक्षा https://khabarchitra.com/2026/10/09/6264/ https://khabarchitra.com/2026/10/09/6264/#respond Fri, 09 Oct 2026 06:22:55 +0000 https://khabarchitra.com/?p=6264 काठमाडौं – विनयराज पौडेलको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘अक्षरा’ आजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ। अभिभावकले छोरीको इच्छाविपरीत जबरजस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावलाई मुख्य विषयवस्तु बनाइएको चलचित्रले सामाजिक यथार्थलाई पर्दामा प्रस्तुत गरेको छ।

चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उनीहरूका साथै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने र सृष्टि खड्काको अभिनय रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना प्रस्तुत भएका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रकी प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। चलचित्रमा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाको लगानी रहेको छ भने सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता छन्।

निर्माता उग्रसेन ढुङ्गानाको मूल कथामा आधारित चलचित्रको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।

सुरुमा ‘अक्षरा’सँगै प्रदर्शनमा आउने भनिएको चलचित्र ‘टनेल २६’ अन्तिम समयमा आएर प्रदर्शन स्थगित भएपछि ‘अक्षरा’ले एकल रिलिजको अवसर पाएको छ। प्रतिस्पर्धी चलचित्र नहुँदा दर्शकमाझ आफ्नो उपस्थिति बलियो बनाउने अवसर पाएको ‘अक्षरा’ले यसबाट कति फाइदा उठाउन सक्छ, त्यो भने आगामी दिनमा दर्शकको प्रतिक्रियाले तय गर्नेछ।

सामाजिक विषयवस्तुमा आधारित चलचित्र ‘अक्षरा’ले आफ्नो कथावस्तु र कलाकारको अभिनयमार्फत दर्शकको मन जित्न सक्छ वा सक्दैन, त्यसका लागि यसको प्रदर्शन यात्रा कस्तो रहन्छ भन्ने हेर्न बाँकी छ।

]]>
https://khabarchitra.com/2026/10/09/6264/feed/ 0
मैयाँ पाएपछि काजीको नयाँ संघर्ष, ‘कबड्डी ५’मा प्रेमसँगै जीवनको परीक्षा https://khabarchitra.com/2026/10/07/6252/ https://khabarchitra.com/2026/10/07/6252/#respond Wed, 07 Oct 2026 15:36:42 +0000 https://khabarchitra.com/?p=6252 काठमाडौं । ‘कबड्डी’का अघिल्ला चार शृंखला सम्झिँदा काजीको एउटै ध्याउन्न देखिन्थ्यो—मैयाँलाई पाउनु। मैयाँको पछि लाग्दै, साथीभाइसँग झगडा गर्दै र अनेक हर्कत गर्दै प्रेम प्राप्तिका लागि काजीले गरेको संघर्ष नै ‘कबड्डी’को मुख्य कथा बन्यो।

तर पाँचौँ भागमा आइपुग्दा काजीको प्रश्न फेरिएको छ।

अब प्रश्न ‘मैयाँलाई कसरी पाउने?’ भन्ने होइन, ‘प्रेम पाएपछि जीवन कसरी चलाउने?’ भन्ने बनेको छ।

आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ मा काजी यही नयाँ परिस्थितिसँग जुध्दैछन्। अभिनेता दयाहाङ राईका अनुसार यसपटक काजीले प्रेमसँगै परिवार, समाज र साथीभाइका लागि धेरै कुरामा सम्झौता गर्नुपर्ने अवस्था आउँछ।

‘एउटा उमेरसम्म हामीलाई लाग्छ—मेरो जिन्दगी हो, मेरो निर्णय हो। तर समय बित्दै जाँदा परिवार चाहिन्छ, साथीभाइ चाहिन्छ, समाज पनि चाहिन्छ। अनि त्यहीँबाट जीवनको अर्को अध्याय सुरु हुन्छ,’ दयाहाङको भनाइ छ।

‘कबड्डी ५’ मा काजीको जीवनमा मैयाँ फेरि फर्किन्छिन्। पुरानो प्रेमले मनमा हलचल ल्याए पनि यसपटक काजीको प्राथमिकता केवल प्रेम पाउनुमा सीमित छैन। उसले आफ्नो सपना, परिवार, साथीभाइ र समाजबीच सन्तुलन मिलाउनुपर्नेछ।

त्यसमाथि बदलिँदो राजनीतिक परिवेशले पनि काजीको जीवन र सोचमा प्रभाव पार्नेछ। त्यसैले पाँचौँ भागमा आइपुग्दा काजी उही पुरानो काजी भए पनि उनको जीवन भने पहिलेको जस्तो छैन।

अभिनेता दयाहाङका लागि पनि काजी अब पर्दाको पात्र मात्र रहेनन्। करिब १५ वर्षदेखि एउटै पात्रसँग यात्रा गर्दा काजी आफ्नै साथी जस्तो लाग्न थालेको उनी बताउँछन्।

रोचक कुरा त के छ भने, दयाहाङ काजीको कथा यहीँ सकियोस् भन्ने पक्षमा छैनन्। उनी त काजी र उनका साथीहरू ६५ वर्षको उमेरमा पुग्दा उनीहरूको जीवन कस्तो होला भन्ने कथासमेत सोचिरहेका छन्।

अब प्रश्न भने एउटै छ—मैयाँ पाएपछि काजीको जीवन साँच्चिकै सुखी हुन्छ त? कि प्रेम पाउनु नै काजीको सबैभन्दा ठूलो समस्या बन्नेछ?

यसको जवाफका लागि भने कात्तिक ६ गतेसम्म पर्खिनुपर्नेछ।

]]>
https://khabarchitra.com/2026/10/07/6252/feed/ 0
‘बलिदान’पछि समीरको नयाँ परीक्षा, ‘१२ गाउँ २’ले जोगाउला एक्सन स्टारको क्रेज? https://khabarchitra.com/2026/09/23/6230/ https://khabarchitra.com/2026/09/23/6230/#respond Wed, 23 Sep 2026 16:20:49 +0000 https://khabarchitra.com/?p=6230 काठमाडौं । डेब्यु चलचित्रबाटै एक्सन स्टारको छवि बनाएका अभिनेता समीर भट्टका लागि अब प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘१२ गाउँ २’ महत्वपूर्ण बन्ने देखिएको छ। पहिलो चलचित्र ‘१२ गाउँ’बाट पाएको जबरजस्त सफलता र त्यसपछि आएको ‘बलिदान’ अपेक्षाअनुसार चल्न नसकेको अवस्थाबीच समीरको तेस्रो चलचित्र ‘१२ गाउँ २’ दर्शकमाझ आउँदैछ।

समीरको डेब्यु चलचित्र ‘१२ गाउँ’ले दर्शकमाझ राम्रो प्रभाव छाड्दै व्यावसायिक सफलता हासिल गरेको थियो। विशेषगरी उनको एक्सन प्रस्तुति र शारीरिक बनोटका कारण समीरले नेपाली चलचित्रमा नयाँ एक्सन अभिनेताका रूपमा चर्चा पाए।

तर त्यसपछि आएको चलचित्र ‘बलिदान’ भने अपेक्षित सफलता हासिल गर्न सकेन। यही कारण ‘१२ गाउँ २’ समीरका लागि आफ्नो एक्सन स्टारको छवि अझ बलियो बनाउने अवसरका रूपमा हेरिएको छ।

त्यसमाथि ‘१२ गाउँ २’ समीरका लागि भावनात्मक रूपमा पनि विशेष चलचित्र हो। उनका पिता तथा चर्चित एक्सन अभिनेता विराज भट्टले चलचित्रको निर्देशन गरेका छन्। विराज आफैं एक्सन चलचित्रका स्थापित अभिनेता हुन् र उनले आफ्ना छोरालाई पनि नेपाली चलचित्रमा एक्सन अभिनेताका रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन्।

यसैबीच चलचित्रको पहिलो गीत ‘जुनेली’ सार्वजनिक भइसकेको छ। गीतको भिडियोमा समीर भट्ट र डेब्यु अभिनेत्री कृशु शाही ‘काफिया’लाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ। विशेषगरी लामो समयपछि नेपाली चलचित्रको गीतमा ब्रेकडान्सलाई विशेष प्राथमिकता दिइएकाले गीतको भिडियोले दर्शकको ध्यान खिचेको छ।

सियोन श्रेष्ठको कोरियोग्राफी रहेको ‘जुनेली’मा युग भुसालको शब्द तथा संगीत र सुगम पोखरेलको स्वर रहेको छ। गीत सार्वजनिक भएपछि चलचित्रप्रतिको चासो थप बढेको निर्माण पक्षको विश्वास छ।

‘१२ गाउँ २’मा समीर र कृशुसँगै विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ। यही चलचित्रबाट कृशु शाही ‘काफिया’ र वर्षा इटनीले नेपाली चलचित्रमा डेब्यु गर्दैछन्।

चलचित्रको कथा सन्तोष सरकारले लेखेका हुन् भने महेश पौडेलले छायांकन गरेका छन्। युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन तथा रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ। द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनले गरेका छन्।

विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा सरस्वती भट्टको लगानी छ। चलचित्रको वितरण अधिकार काफिया फिल्मस् र कुबेर सिनेमाले लिएका छन्।

अब मुख्य प्रश्न भनेको—‘१२ गाउँ’बाट स्टार बनेका समीरलाई ‘बलिदान’पछि दर्शकले फेरि त्यही उत्साहका साथ स्वीकार गर्लान् त? चलचित्रमा समीरको एक्सन, नृत्य र नयाँ प्रस्तुतिले दर्शकलाई हलसम्म तान्न सक्छ कि सक्दैन भन्ने कुरा प्रदर्शनपछि स्पष्ट हुनेछ।

‘१२ गाउँ २’ आगामी असोज ३० गते दशैँको फूलपातीको अवसरमा देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।

]]>
https://khabarchitra.com/2026/09/23/6230/feed/ 0
नेपालमा नम्बर १ सहित १३ देशमा ट्रेन्डिङ निखिल उप्रेतीको ‘आचार्य’ https://khabarchitra.com/2026/09/22/6227/ https://khabarchitra.com/2026/09/22/6227/#respond Tue, 22 Sep 2026 09:42:21 +0000 https://khabarchitra.com/?p=6227 काठमाडौं । अभिनेता निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको बहुप्रतीक्षित फिल्म ‘आचार्य’ प्रदर्शनको मिति नजिकिँदै गर्दा चर्चाको केन्द्रमा पुगेको छ। फिल्मको ट्रेलर सार्वजनिक भएपछि नेपालमा नम्बर १ ट्रेन्डिङमा रहन सफल ‘आचार्य’ विभिन्न १३ देशमा समेत ट्रेन्डिङमा आएको छ।

नेपालसहित यूएई, कतार, बहराइन, ओमान, कुवेत, अस्ट्रेलिया, क्यानडा, बेलायत, जापान, हङकङ, मलेसिया, दक्षिण कोरिया लगायतका देशमा ‘आचार्य’को ट्रेलर ट्रेन्डिङमा आएको निर्माण पक्षले जनाएको छ।

विशेषगरी नेपालमा नम्बर १ ट्रेन्डिङमा आउनुले नेपाली दर्शकमाझ फिल्मप्रति बढिरहेको चासोलाई देखाएको छ। बहुप्रतीक्षित फिल्म हेर्न दर्शक आतुर छन्। ट्रेलर सार्वजनिक भएयता सामाजिक सञ्जालमा ‘आचार्य’को एक्सन, कथा, प्राविधिक पक्ष तथा निखिल उप्रेतीको प्रस्तुतिलाई लिएर विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका छन्।

नेपालबाहिर रहेका नेपाली दर्शकमाझ पनि ‘आचार्य’को चर्चा बढेको छ। वैदेशिक रोजगारी तथा अध्ययनका क्रममा विभिन्न मुलुकमा रहेका नेपाली दर्शकले सामाजिक सञ्जालमार्फत ट्रेलर हेर्दै प्रतिक्रिया जनाइरहेका छन्। नेपाली फिल्मप्रतिको चासो विदेशमा समेत विस्तार हुँदै गएको अवस्थामा १३ देशमा ट्रेन्डिङमा आउनुलाई फिल्मका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।

भारतमा समेत ‘आचार्य’को ट्रेलरलाई लिएर फिल्म पत्रकार, कलाकार तथा आम दर्शकमाझ चर्चा भइरहेको छ। भारतीय फिल्मकर्मी तथा दर्शकले नेपाली फिल्मको बदलिँदो स्तरसँगै ‘आचार्य’को ट्रेलरमा देखिएको एक्सन र प्रस्तुतिबारे प्रतिक्रिया दिइरहेका छन्।

ट्रेलरले नेपालमा नम्बर १ सहित १३ देशमा ट्रेन्डिङको चर्चा पाएपछि फिल्मको प्रदर्शनप्रति दर्शकको उत्सुकता थप बढेको छ। विशेषगरी निखिल उप्रेतीलाई लामो समयपछि एक्सनप्रधान भूमिकामा पर्दामा हेर्न पाउने भएकाले उनका फ्यानहरू ‘आचार्य’को प्रतीक्षामा छन्।

फिल्मको ट्रेलरमा निखिललाई फरक एक्सन अवतारमा प्रस्तुत गरिएको छ। एक्सनसँगै पारिवारिक तथा सामाजिक कथावस्तुको झलकसमेत ट्रेलरमा देखाइएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा निखिलले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्यसहित आफूहरू अघि बढिरहेको बताएका थिए।

नेपालमा नम्बर १ ट्रेन्डिङदेखि १३ देशसम्मको ट्रेन्डिङ चर्चाले ‘आचार्य’को अन्तर्राष्ट्रिय पहुँचप्रति पनि चासो बढाएको छ। अब ट्रेलरले बनाएको यो हाइपलाई फिल्मले हलमा कस्तो प्रतिक्रिया पाउँछ भन्ने विषयमा दर्शकको प्रतीक्षा छ।

निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको ‘आचार्य’ निखिल उप्रेतीकै निर्देशनमा तयार भएको हो। फिल्म असोज ९ गतेदेखि प्रदर्शनमा आउँदैछ।

]]>
https://khabarchitra.com/2026/09/22/6227/feed/ 0