popup-maker domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/kailario/khabarchitra.com/wp-includes/functions.php on line 6260social-pug domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/kailario/khabarchitra.com/wp-includes/functions.php on line 6260अग्रिम बुकिङको यही गति कायम रहेमा प्रदर्शनको पहिलो दिन २०० भन्दा बढी शो हाउसफुल हुने र बाँकी शोमा पनि उच्च अकुपेन्सी रहने अनुमान गरिएको छ। यसबाट चलचित्रले घरेलु बक्स अफिसमा पहिलो दिन नै १ करोड ५० लाख रुपैयाँभन्दा बढी कारोबार गर्न सक्ने अपेक्षा गरिएको छ।यसअघि ‘कबड्डी ४’ ले प्रदर्शनको पहिलो दिन नेपालमा १ करोड २५ लाख रुपैयाँको बक्स अफिस कारोबार गरेको रेकर्ड बनाएको थियो। उक्त चलचित्रले १०० भन्दा बढी शो हाउसफुल गराउँदै नेपाली चलचित्र बजारमा उल्लेखनीय सफलता हासिल गरेको थियो।‘कबड्डी ५’ को अग्रिम बुकिङले देखाएको उत्साहलाई हेर्दा यसले अघिल्लो शृङ्खलाको रेकर्ड तोड्ने सम्भावना बलियो देखिएको छ। यद्यपि, अग्रिम बुकिङका आधारमा गरिएको अनुमान र प्रदर्शनपछि प्राप्त हुने वास्तविक बक्स अफिस कारोबार फरक हुन सक्छ।अब दर्शकको उत्साहलाई वास्तविक व्यापारमा रूपान्तरण गर्दै ‘कबड्डी ५’ ले पहिलो दिन कति कमाइ गर्छ भन्ने विषय नेपाली चलचित्र क्षेत्रका लागि चासोको विषय बनेको छ।
]]>ट्रेलरमा बालमनोविज्ञान प्रस्ट देखिन्छ । छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहना तर अर्कैतिर छोराको रुचि रहेको कथा ट्रेलरमा समेटिएको छ । परिवाको इच्छा पूरा गरिदिन प्रयास गरे पनि रुचि नहुँदा असफल भएको कथा प्रस्तुत गर्दै ट्रेलरले बालमनोविज्ञानलाई देखाएको छ ।
गरिब भएकै कारण कसरी विद्यार्थी छात्रवृत्ति पाउनबाट बञ्चित हुन्छन् । र, पहिलो हुनेको मात्रै हुने इज्जतलाई ट्रेलरमा देखाइएको छ । पुरानै सोचमा जकेडिएको समाज र त्यसले गरिबलाई दिने दुःख तथा समाज पारिवारिक र सामाजिक द्वन्द्व ट्रेलरमा देख्न सकिन्छ ।
घोकन्ते विद्याले समाजमा पारेको प्रभाव र त्यसको पछि लाग्ने अभिभावकका कारण सानासाना विद्यार्थीको बालमनोविज्ञानमा पारिरहेको प्रभावलाई मिहिन ढंगले बाबु र छोरामार्फत सिनेमाले देखाएको छ । ट्रेलरमा सिनेमाका मुख्य कलाकार देख्न सकिन्छ ।
विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’ जेठ १५ गते प्रदर्शनमा आउँदै छ । यो चलचित्रले विद्यार्थीको मनोविज्ञानको कथा भन्ने निर्माणपक्षले बताएको छ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटेको बताइएको छ ।
जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ रहेका छन् ।
चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् ।
निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्दैछ ।
]]>धनगढी, २९ असार
थारु समुदायको मौलिक संस्कृति, भाषा, र पहिचानलाई पर्दामा जीवित राख्न दुई दशकदेखि समर्पित थारु चलचित्रकर्मी संगत थारुले यस वर्षको ‘प्रदेश प्रतिभा पुरस्कार २०८१’ प्राप्त गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रदान गरिने यो पुरस्कार क्षेत्रीय प्रतिभा र सांस्कृतिक योगदानलाई कदर गर्ने उद्देश्यले प्रदान गरिएको हो।
स्थानीय स्तरमा जन्मिएको भए पनि थारु चलचित्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन संगत थारुको भूमिकालाई विशेष मानिन्छ। कुनै चलचित्र मात्र होइनन् थुप्रै म्युजिक भिडियो समेत उनले सन्देशमूलक समेत सशक्त छवि बनाएका थारुले थुप्रै स्मरणीय चलचित्र मार्फत सामाजिक यथार्थ झल्काएका छन्।
पुरस्कार समारोहको अवसरमा प्रदेश सामाजिक विकास मन्त्री मेघराज खड्काले संगत थारुको योगदानलाई “थारु भाषा र पहिचानको संरक्षणका लागि सृजनशील लडाइँ” भन्दै प्रशंसा गरे। समारोहमा विभिन्न कलाकार, साहित्यकार, र सर्जकहरूको उपस्थिति रहेको थियो।
थारु समुदाय भित्रैबाट उदाएका संगतले सन् २०५८ मा पहिलो पटक पर्दामा पाइला टेकेका थिए। उनले थारु फिल्म एक दर्जनभन्दा बढी र थुप्रै म्युजिक भिडियोहरु लगायत चर्चित चलचित्रमा अभिनय गरे। धेरै चलचित्रहरू सामाजिक अन्याय, सांस्कृतिक विकृति र प्रेमका कथा बोकेका छन्।
पुरस्कारसँगै संगत थारुले संक्षिप्त मन्तव्य दिँदै भने, “यो सम्मान मेरा सबै सहकर्मी, दर्शक, र थारु भाषाको मायालुहरूलाई समर्पित छ। अबको यात्रामा अझ बढी सिर्जनशील भएर अगाडि बढ्ने प्रेरणा मिलेको भन्दै उनले धन्यवाद समेत टक्राए।
संगत थारुलाई प्रदान गरिएको यो सम्मान थारु चलचित्र क्षेत्रमा मात्र होइन, सिंगो सुदूरपश्चिमेली सिनेमा र संस्कृति संरक्षणको अभियानमा प्रेरणादायी मानिएको छ।
]]>गीतको निर्देशन डोटेली बड्डो सुरेन्द्र संगमले गरेका छन्। उनले बर्खा लागेपछि प्रेममा पर्ने युवायुवतीको भावना र समाजमा त्यसले ल्याउने चुलबुलेपनलाई गीतमार्फत देखाएका छन्। “झुमझुमे बर्खा लाग्यो, खोलीको गागन” जस्ता पंक्तिहरूले गीतलाई भावनात्मक र साहित्यिक उचाइ दिएको छ।संगीत संयोजन (एरेन्ज) भुवन बडुले गरेका छन्। गीत बिग परिवेश स्टुडियोमा रेकर्ड गरिएको हो, जुन अहिलेका लोकगीतहरूमा गुणस्तरीय साउन्ड दिन सक्षम स्टुडियो मानिन्छ। सम्पूर्ण टिमले गीतलाई लोक सांगीतिक स्वाद र आधुनिक प्रस्तुति दुवैको सन्तुलनमा तयार पारेका छन्।‘हौस्या जोबन’ मात्र मनोरञ्जनको माध्यम नभई सांस्कृतिक अभिव्यक्ति पनि हो। सुदूरपश्चिम क्षेत्रका खेलिने देउडा भाषा, लय र जीवनशैलीलाई राष्ट्रिय स्तरमा पुर्याउने प्रयासका रूपमा यसलाई हेर्न सकिन्छ। विशेषतः यस्ता मौलिक गीतहरूले ग्रामीण आवाजलाई प्रविधिको माध्यमबाट विश्व सामु पुर्याउने काम गर्छन्।गीत युट्युब लगायत डिजिटल प्लेटफर्महरूमा हेर्न र सुन्न सकिन्छ। ‘हौस्या जोबन’ ले दर्शक-श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास लिइएको छ। यो गीत डडेलधुराको भित्री मधेशको सांगीतिक सम्पदामा थपिएको अर्को कोसेढुंगा बन्न सक्छ।
]]>निर्देशक पौडेलले फिल्मको कथाबारे पोस्टरले केही संकेत गरेको बताए। उनी भन्छन्, ‘पोस्टरले पक्कै केही कुरा संकेत गरेको छ। यसलाई अहिले यतिमै सीमित गरौँ। अलि बढी कथा आउने अन्य सामाग्रीबाट खोल्दै जानेछौँ।’ यसमा उनी स्वयंको लेखन छ।
‘कोशेढुङ्गा’मा सुरक्षासहित आर्यन सिग्देल, नीति शाह, प्रवीण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा लगायतको अभिनय छ। सो फिल्म हाल डबिङ प्रक्रियामा अगाडि बढिरहेको छ।
बाबु श्रेष्ठको डीओपी रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्मातामा छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्।
धनगढी मेनरोडस्थित मुख्यमन्त्री कार्यालयको ठीक अगाडि रहेको नवस्थापित कार्यालयको उद्घाटन अभिनेता पुष्प खड्काले एक भव्य समारोहबीच रिबन काटेर गरेका हुन् । उद्घाटन कार्यक्रममा शिक्षा तथा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित थिए।
अभिनेता खड्काले उद्घाटन समारोहमा काइट एजुकेसन हबको सफलताको शुभकामना दिँदै यसले सुदूरपश्चिमका युवाहरूलाई विदेश अध्ययनको मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे।
संस्थाका सञ्चालक हेमराज साउदले आफू सुदूरपश्चिमकै स्थानीय भएकाले यहाँका युवालाई गुणस्तरीय शैक्षिक सेवा उपलब्ध गराउने उद्देश्यले धनगढीमा कार्यालय स्थापना गरिएको जानकारी दिए। उनले शैक्षिक क्षेत्रमा अहिले प्रतिस्पर्धात्मक बजार भएकाले हामीले सेवा र दृष्टिकोणमा फरक बनाउन चाहेको बताए । हामी सफल हुनेमा पूर्ण विश्वास लिएको उनको भनाई छ ।
काइट एजुकेसन हबबाट अब जापानी र कोरियन भाषा कक्षा, साथै पिटिई,आएल्सजस्ता अन्तर्राष्ट्रिय परीक्षा तयारी कक्षाहरू सञ्चालन गरिनेछ। यहाँ अध्यापन गर्ने प्रशिक्षकहरूमा कोरिया लगायत विभिन्न देशमा बसेर अनुभव हासिल गरेका व्यक्ति रहनेछन्।
संस्थाले युरोप, युके, जापान लगायत देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवश्यक तयारी तथा परामर्श सेवा दिने जनाएको छ। साउदका अनुसार, धनगढी कार्यालयमार्फत अब सुदूरपश्चिमका विद्यार्थीहरूलाई राजधानी जानु नपरी स्थानीय स्तरमै उच्चस्तरको शैक्षिक सेवा प्राप्त हुने व्यवस्था मिलाइएको छ। उद्घाटन समारोहमा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। काइट एजुकेसन हबको यो पहलले सुदूरपश्चिममा विदेशी भाषा तथा अध्ययन तयारीमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।
]]>