सामुदायीक सुरक्षा अभिबृद्धीका लागि अन्तरक्रिया
सामुदायीक सुरक्षा अभिबृद्धीका लागि बुधवार सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरु संग अन्तरक्रिया गरिएको छ ।
युवा शान्ति परिषद नेपालको आयोजना तथा धनगढी उप–महानगरपालिका र जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा विद्यार्थीहरु संग अन्तरक्रिया गरिएको हो । युवा शान्ति परिषद नेपालका संयोजक प्रेम ढुंगानाका अनुसार विद्यार्थीहरुलाई लागु औषध दुब्र्यशन, त्यसको प्रभाव, त्यसले समाज र ब्यक्तिगत जिवनमा हुने असरका बारेमा वडा प्रहरी कार्यालय धनगढीका प्रहरी नायव निरिक्षक बिर्खबहादुर बुढाले प्रस्तुती करण गरेका थिए ।
धनगढीका लागुपर्दाथको दुब्र्यशनी गर्नेको संख्या बढी रहेको बेलामा क्याम्पस र विद्यालयमा प्रहरी संग एक दिन अभियान संचालन गरिएको युवा शान्ति परिषद नेपालका संयोजक ढुंगानाले बताए । धनगढी उप–महानगरपालिका र जिल्ला प्रहरी कार्यालय कैलालीले लागुपदार्थ दुब्र्यशन न्यूनिकरणका लागि सहयोग गरिरहेको बताए । धनगढीमा युवाहरुको क्षमता अभिवृद्धी र नेतृत्व विकासका लागि युएनडिपीको सहयोग तथा धनगढी उप–महानगरपालिका संग समन्वय गरेर काम गरिरहेको पनि संयोजक ढुंगानाले बताए ।
पत्रकार टेकेन्द्र देउवाले धनगढी उप–महानगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को नीति, कार्यक्रम तथा बजेटले युवाहरुका के के कुरालाई प्राथमिकतामा राखेको छ भन्ने बिषयबस्तुको प्रस्तुतीकरण गरेको पनि संयोजक ढुंगानाले बताए । यो अभियान उप–महानगरपालिकाका १९ वटै वडामा संचालन गरिने योजना रहेको पनि ढुंगानाले बताए ।