गायिका मञ्जु पौडेल र गायक सन्तु थापाको ‘तीज ब्याटल’ सार्वजनिक
चर्चित गायक सन्तु थापा र गायिका मन्जु पौडेलको आवाजमा नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा नयाँ तीज ब्याटल बजारमा आएको छ । तीजको माहोलमा एउटा छुट्टै शैलीको गीत बजारमा आएको छ । सधैँ जसो नेपाली लोकसङ्गीतमा नयाँपन दिने गायिका तथा प्रस्तोता मञ्जु पौडेलले यसपालि तीजको ब्याटल मार्फत तीजमा युवाहरुको हस्तक्षेपप्रति कटाक्ष गरेकी छन् । तीजको यो ब्याटल गायक सन्तु थापाले बजारमा ल्याएका हुन् । महिलाहरूको महान् पर्व तीज नजिकिएसँगै बजारमा तीज सम्बन्धी विभिन्न गीतहरू सार्वजनिक भएका छन् । यसै मौकामा बजारमा ल्याएको ब्याटलमा महिलाहरूको पर्व तीजमा पुरुषहरू हाबी हुँदै गइरहेको विषयलाई समेटिएको छ ।

फरक प्रकृतिका गीत बनाएर दर्शक श्रोतालाई मनोरञ्जन प्रदान गर्न मलाई निकै जाँगर लाग्छ त्यसैले अहिलेको तीज ब्याटलमा रमाइलो गराउने उद्देश्यले फरक काम गरेकी हुँ पौडेलले भनिन । दिग्गज धौरालीले शब्द दिएको यो तीज गीतमा निकै रोमाञ्चक तरिकाले भिडियो तयार गरिएको छ । बि पी फिल्म्सले तयार गरेको भिडियोको
छायाकँन करन चैसिर ,सम्पादन प्रबिन भटट्ले गरेका हुन ।
भने निर्देशन सन्तु थापा आफैले गरेका छन् । गीतलाई एरेन्ज कृष्ण विकले गरेका छन् । यो गीत भर्खरै मात्र युट्युबमा रिलिज गरिएको छ । (भिडियोसहित)
