२१ आश्विन २०८३, बुधबार
३५ वर्षमुनिको युवा समूहमा देशभरीबाट  मुस्लिम समुदायबाट एक्ला उम्मेदवार मोजाहिद हक
बुधबार, आश्विन २१ १०:१३

३५ वर्षमुनिको युवा समूहमा देशभरीबाट मुस्लिम समुदायबाट एक्ला उम्मेदवार मोजाहिद हक

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र नं. ५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित ३० वर्षीय मोजाहिद हकले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले ३५ वर्षमुनिको युवा समूहअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।कांग्रेसको संशोधित विधानअनुसार ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिमध्येबाट प्रदेशगत प्रतिनिधित्वसहित २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । हकले उक्त समूहमा आफू मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने देशभरीबाट आफु एक मात्र उम्मेदवार रहेको दाबी गर्दै सबै महाधिवेशन प्रतिनिधिसँग मत मागेका छन् ।‘देशभरबाट ३५ वर्षमुनिको युवा समूहमा मुस्लिम समुदायबाट मेरो उम्मेदवारी एक जनाको मात्र रहेको छ,’ हकले भने, ‘मलाई कुनै एउटा समुदायको मात्र उम्मेदवारका रूपमा नभई सबै जातजाति, भाषा, धर्म र समुदायको सहभागिता र अपनत्वको आवाजका रूपमा हेरेर मत दिन आग्रह गर्दछु ।’विराटनगर–१७ निवासी हकले आफ्नो उम्मेदवारीलाई युवा पुस्ताको सहभागितासँगै कांग्रेसभित्रको समावेशी प्रतिनिधित्वसँग जोडेर हेर्न आग्रह गरेका छन् ।

पार्टीको केन्द्रीय नेतृत्वमा युवाको सहभागिता उमेरको प्रतिनिधित्वमा मात्र सीमित नभई विभिन्न समुदायका मुद्दा र अपेक्षालाई नीति निर्माणको तहसम्म पुर्‍याउने माध्यम बन्नुपर्ने उनको भनाइ छ ।‘कांग्रेस सबै जातजाति, भाषा, धर्म र समुदायको साझा पार्टी बन्नुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘मुस्लिम समुदायको प्रतिनिधित्वसँगै समावेशी र युवा कांग्रेस निर्माणका लागि मेरो उम्मेदवारी हो ।’डेढ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय हक विद्यार्थी जीवनदेखि नै पार्टीका विभिन्न संगठनात्मक गतिविधिमा संलग्न हुँदै आएका छन् । मोरङ–५ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएपछि उनले युवाका मुद्दा, सामाजिक सरोकार तथा समुदायगत प्रतिनिधित्वलाई पार्टीको केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन् ।

सामाजिक क्षेत्रमा समेत सक्रिय हक लियो तथा लायन्स क्लब, करिब फाउन्डेसन, युथ युनिटी क्लब अफ नेपाल र फिड द निड नेपाल क्लबलगायत संस्थामार्फत सामाजिक गतिविधिमा सहभागी हुँदै आएका छन् । उनले आफ्नो उम्मेदवारीका लागि युवा पुस्तासहित सबै समुदायको साथ र समर्थनको अपेक्षा गरेका छन् ।कांग्रेसले १५औँ महाधिवेशनका लागि असोज १६ देखि १९ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनका लागि अन्तिम मतदाता नामावलीसमेत प्रकाशित गरिसकेको छ ।

Sharing is caring!

Latest News

हिमालयन लाइफ इन्स्योरेन्स धनगढी प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न
बुधबार, आश्विन २१ १०:१३
कांग्रेस केन्द्रीय सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी
बुधबार, आश्विन २१ १०:१३