१९ बैशाख २०८३, शनिबार
शुक्रबार, श्रावण ३ ०८:१८

धनगढी विस्फोटमा गम्भीर घाइते राम सिंहको मृत्यु

धनगढी उपमहानगरपालिका–४, शहीद गेटस्थित नीलम होटलमा बिहीबार भएको बम विस्फोटमा घाइते ५ मध्ये १ जनाको मृत्यु भएको छ । विस्फोटमा परी गम्भीर घाइते राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति ११ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले पुष्टि गरेको छ । प्रहरीका अनुसार, आफैंले बोकेको बम विस्फोट हुँदा सिंहको कम्मर पछाडिको भागमा गम्भीर चोट लागेको थियो ।
घाइते भएसँगै माया मेट्रो अस्पताल र्पुयाइएका सिंहलाई चिकित्सकले तत्काल बाहिर लैजान सिफारिस गरेका थिए । तर, थप उपचारका लागि बाहिर लैजाने प्रयास हुँदाहुँदै समय अभावमा उनको ज्यान गएको प्रहरीले जनाएको छ । उनको शव अहिले पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । सिंह बझाङका स्थायी बासिन्दा हुन । उनी र सेरला विप्लव समूहको कार्यकर्ता भएको प्रहरी भनाइ छ ।
बम विष्फोटमा कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज  पाण्डे घाइते भएका छन । उनीहरू सबैको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।


बिहीबार साँझ निलम होटल अगाडि भएको विस्फोटमा परी १ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते भएका छन । घटनाको अनुसन्धानका लागि खटिएका प्रहरी अधिकृतहरुले विप्लव समूहको संलग्नता हुनसक्ने आशंका गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी सुदिप गिरीले बताए ।

विस्फोटमा घाइते भएका बझाङका राम सिंह र कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला प्रतिवन्धित विप्लव समूहको कार्यकर्ता भएको खुलेको छ । घटनास्थलमा ९ एमएमको पुरानो चाइनिज पेस्तोल समेत भेटिएको छ ।

Sharing is caring!

Latest News

धनगढीस्थित शहीद गेट नजिक निलम होटलमा विष्फोटमा पाँच जना गम्भीर घाइते
शुक्रबार, श्रावण ३ ०८:१८
दारी ग्याङ्ग धनगढी बिपद् व्यवस्थापनका लागी तयार
शुक्रबार, श्रावण ३ ०८:१८