१९ बैशाख २०८३, शनिबार
सोमबार, श्रावण ६ १५:१०

निर्माता कँडेलद्धारा धनगढीमा रक्तदान र छलफल

नेपाली चलचित्रका निर्माता रौनक विक्रम कँडेलले धनगढीमा युवाहरुसँग छलफल तथा रक्तादन गरेका छन् । धनगढीमा स्थापना भएको सुविधा सम्पन्न एसटिएस सिनेमाको उद्घाटन कार्यक्रममा सहभागी हुन आएका वेला निर्माता कँडेलले छलफल कार्यक्रममा सहभागी भएका हुन् । धनगढी जेसिजमा आवद्ध युवाहरुसँग उनले छलफल गर्दै नेपाली चलचित्रमा समावेश गर्न सकिने विषयवस्तुका वारेमा छलफल गरेका थिए । युवाहरुले नेपाली चलचित्रमा समावेश गर्न सकिने विषयवस्तुका वारेमा सुझाव दिएका थिए । कार्यक्रममा निर्माता कँडेलले सुप क्षेत्रमा चलचित्र छायाक्न र यसक्षेत्रका विषयवस्तु उठान गर्ने बताएको धनगढी जेसिज कानुनी सल्लाहकार लोकराज भट्टले जानकारी दिनुभयो । निर्माता कँडेलले धनगढीमा रक्तादन समेत गरेका छन् ।

हाम्रो डेरीले आयोजना गरेको कार्यक्रममा धनगढी आएका वेला उनले रगत दिएका हुन् । निर्माता रौनक विक्रम कँडेलले मिस्टर झोले, पुरानो डुङगा, कवड्डी कवड्डी, घामपानी लगायतका चलचित्र निर्माण गरेका छन् ।

Sharing is caring!

Latest News

वीपीको स्मृति दिवसको अवसरमा वृक्षारोपण
सोमबार, श्रावण ६ १५:१०
हावाहुरी पिडितलाई सनराईज बैंकको डेढलाख सहयोग
सोमबार, श्रावण ६ १५:१०