फाप्ला क्रिकेट मैदानलाई अन्तराष्ट्रिय क्रिकेट रगंशला बनाउने प्रक्रिया जग्गा प्राप्तिमै अल्झियो
सुदूरपश्चिमको खेलकुद र पर्यटनसँग जोडिएको फाप्ला क्रिकेट मैदानलाई अन्तराष्ट्रिय क्रिकेट रगंशला बनाउने प्रक्रिया जग्गा प्राप्तिमै अल्झिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले गौरवको योजनामा राखेको फाप्ला क्रिकेट मैदानका लागि हालसम्म जग्गा समेत प्राप्त गर्न सकेको छैन ।
फाप्ला क्रिकेट मैदानका लागि जग्गा समेत प्राप्ति नहुँदा आर्थिक बर्ष २०७५÷७६ मा स्थानीय प्रदेश र केन्द्र सरकारले विनियोजन गरेको १८ करोड बजेट फ्रिज गएको छ । सुदूरपश्चिममा क्रिकेटप्रतिको आकर्षण बढेसंगै यस क्षेत्रमा राष्ट्रियस्तरका ठुला प्रतियोगिता समेत हुन थाले पनि क्रिकेट मैदान भने छैन ।

फाप्ला क्रिकेट मैदान
तीनै तहका सरकारले बजेट बिनियोजन गरेपनि सो बजेट कार्यान्वयनका लागि जग्गा नै प्राप्त नगर्दा मैदान निर्माणको काम अगाडी बढ्न सकेको छैन ।, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहले आवश्यक काम अगाडी नबढाएर बजेट मात्रै बिनियोजन गरेर मात्रै नभएर जग्गा प्राप्त गरेर प्रदेश र केन्द्र सरकारले फाप्ला अन्तराष्ट्रिय रगंशाला निर्माणमा चासो दिनु पर्ने बताउनु भयो ।
देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग आयोजना गर्दै आएको धनगढी क्रिकेट एकेडेमीले ड्रिम फाप्ला अभियान बनाएर पनि फाप्लालाई अन्तराष्ट्रिय रंगशाला बनाउने अभियान सञ्चालन गर्दै आएको छ । केही महिना अघि मात्रै सम्पन्न भएको धनगढी प्रिमियर लिगको तेश्रो संस्करण फाप्ला क्रिकेट मैदानमा आयोजना गर्दै तीन वटै सरकारलाई दवाव समेत दिईएको थियो । तर जग्गा प्राप्तिको ढिलाईले काम अघि बढन नसकेको एकेडेमीका अध्यक्ष शुवास शाहीले
बताउनु भयो ।

फाप्ला क्रिकेट मैदान
सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयले जग्गा प्राप्तिका लागि संघीय सरकारसँग पहल गरेको जनाएको छ । मन्त्रालयका सचिव नै गएर फाईल संघीय सरकारमा पु¥याए पनि सो जग्गा प्राप्तिको काम अगाडी नवढेको सामाजिक विकास मन्त्रालयको स्पष्टोक्ती रहेको छ । जग्गा प्राप्तिका लागि संघीय सरकारसंग सक्दो पहल गरिरहेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदिले बताउनु भयो ।
प्रदेश सरकारले प्रदेशको गौरवको योजनाका रुपमा अगाडी सारेको फाप्ला अन्तराष्ट्रिय रगंशाला कसको नाममा हुने भनेर अहिलेसम्म निक्र्यौल गर्न सकिएको छैन । केन्द्र सरकारलाई जग्गा प्राप्तिका लागि पहल गर्नमै प्रदेश सरकारको एक बर्ष बित्यो । यस आर्थिक बर्षका लागि पनि प्रदेश सरकारले गुरुयोजना बनाउने भन्दै १ करोड विनियोजन गरेको छ । अब बजेट विनियोजन मात्रै नगरी सबै पक्षले जग्गा प्राप्तिको पहलमा लागे फाप्ला अन्तराष्ट्रिय रगंशाला निर्माणको कार्यले तिव्व्रता पाउने देखिन्छ।

अन्तराष्ट्रिय क्रिकेट रगंशला