१९ बैशाख २०८३, शनिबार
बिहीबार, श्रावण ९ ११:०१

फोहोर व्यवस्थापनमा घोडाघोडी नगरपालिकाको चासो

घोडाघोडी नगरपालिकाले फोहोर व्यवस्थापनमा चासो देखाएको छ । मङ्गलवार फोहोर व्यवस्थापन नहुँदा पूर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने सुखड , साडेपानी तथा पहलमानपुर बजार क्षेत्र दुर्गन्धित बन्दै गएको भनी हिमाल पोस्ट डट कम तथा अन्य सञ्चार माध्यममा समाचार आएपछि नगरपालिका फोहोर व्यवस्थापनमा लागेको हो ।

सुखड दरख खाने पानी तथा सरसफाइ उपभोक्ता समितिले फोहर व्यवस्थापनको जिम्मा लिएपनी 
आफ्नो सम्झौता अवधि सकिएको भन्दै काम रोकेपछि केही दिन यता घोडाघोडी नगरपालिकाको मुख्य ठाउँ सुखड ,साडेपानी र पहलमानपुर बजारहरूबाट फोहर उठ्न नसकी राजमार्ग नै दुर्गन्धित बन्दै गएको थियो ।

घोडाघोडी नगरपालिकाको मुटु भनेर चिनिने सुखड बजारको चोकमा कुहिएको तरकारी, प्लास्टिक लगायत होटेल तथा अन्य पसलहरूबाट निस्केको फोहोर सडक छेउमै फाल्दा नाक थुनेर बस्नुपर्ने र विभिन्न रोगको सिकार भइन्छ कि भन्दै यात्रु तथा व्यापारीहरूले चिन्ता व्यक्त गरेका थिए । विभिन्न सञ्चार माध्यमहरूमा समाचार आएर घोडाघोडी नगरपालिकाले आज फोहोर व्यवस्थापनमा लागेपनी भोलिबाट फोहोर कसले उठाउने हो भन्नेमा स्थानीय व्यापारी तथा बासिन्दाहरू अन्योलमा परेका छन् ।

घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जियालाल आचार्यले फोहोर व्यवस्थापनका लागि नगरपालिकासँग समन्वय गरिरहेको बताए । फोहोर व्यवस्थापनको काम नगरपालिकाको भएपनी सम्झौता गरे फोहोर व्यवस्थापनका लागि आफूहरू तयार भएको र 
डम्पिङ साइडको लागी पनि उपयुक्त ठाउँ खोजेको अध्यक्ष आचार्यले बताए ।

घोडाघोडी नगरपालिका वडा नं १ का अध्यक्ष मनराज शाहिले फोहोर व्यवस्थापनका लागि डम्पिङ साइड खोजेर तयार पारेको बताए । डम्पिङ साइडका लागी वडा नं १ स्थित बागेश्वरी सामुदायिक बनमा गहिरो दोन्द्रो भेटिएको जानकारी दिँदै अध्यक्ष शाहीले कसैलाई असर नगर्ने र दोन्द्रो पुरिएर बाधको काम गर्ने हुँदा उक्त सामुदायिक बन सँग सम्झौता समेत भएको जानकारी दिए ।

यता घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले फोहोर व्यवस्थापनको विषयमा छलफल भइरहेकाले छिट्टै नै निष्कर्ष निस्कने बताए । उनले फोहोर व्यवस्थापनको लागि घोडाघोडी उद्योग वाणिज्य सङ्घ तथा अन्य संस्थाहरूसँग छलफल गरेको र केहिदिन मै सम्झौता गरी फोहोर व्यवस्थापनमा लाग्ने बताए । सिंहले अर्को संस्थासँग सम्झौता नभएसम्म बजारमा नगरपालिकाले फोहोरको व्यवस्थापन गर्ने जानकारी दिँदै फोहोर व्यवस्थापनका लागि व्यापारी तथा स्थानीय बासिन्दाहरू पनि लाग्नुपर्ने बताए ।

Sharing is caring!

Latest News

गैरीगंगामा नेपालकै नमूना हर्वल गार्डेन बन्ने
बिहीबार, श्रावण ९ ११:०१
एक वर्षमा ५५११ बाइक र स्कुटर दुर्घटना, ११५ को मृत्यु सबैभन्दा बढी असुरक्षित बाइक र स्कुटर
बिहीबार, श्रावण ९ ११:०१