राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान डोटीको अध्यक्षमा प्रेम नेपाली
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान डोटीको अध्यक्षमा कलाकार तथा पत्रकार प्रेम नेपाली सहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।प्रतिष्ठानको श्रावण २२ र २३ गते सम्पन्न जिल्ला अधिवेशनबाट नेपालीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।
समितिको प्रथम उपाध्यक्षमा हिमालय टेलर, द्वितिय उपाध्यक्षमा मोहन खडायत, महिला उपाध्यक्षमा गौरा ओझा रहेका छन् ।
त्यस्तै सचिवमा निर्मला खत्री, सह–सचिवमा छत्रकमल पाठक, कोषाध्यक्षमा खगेश्वरी साउँद र सह–कोषाध्यक्षमा लालबहादुर नेपाली रहेका छन् भने बाँकी सदस्य रहेका छन् ।
हाललाई २१ सदस्यीय चयन भएको कार्यसमितिमा थप ४ जना सदस्य मनोनित गरी २५ सदस्यीय बनाउन मिल्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश निर्वाचन संयोजक विनोद बाजुरालीले बताए ।
विहिबारै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय महिला सचिव राधिका हमालले नव गठित समितिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएकी छन् ।

सपथ ग्रहणपश्चात बोल्दै नव अध्यक्ष नेपालीले डोटेली कलाकारिता क्षेत्रलाई संरक्षण संवद्र्धन गर्नका लागि आफु संगठित रुपमा लाग्ने प्रतिबद्धता जनाए ।
साथै यस कार्यमा आफु एक्लैले मात्रै केहि गर्न नसक्ने भन्दै सबैको साथ सहयोग र सुझाव सल्लाहको अपेक्षा राखेको बताए ।
बुधबार सिलगढीको पद्यम पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयको प्राङ्गणमा अधिवेशनको समुद्घाटन समारोह भव्य रुपमा आयोजना गरिएको प्रतिष्ठानका अधिवेशन आयोजक समिति संयोजक अम्बिका राईले बताईन् ।
विभिन्न राष्ट्रिय कलाकारहरु र डोटेली कलाकारहरुको जमघट भइ बेजोड साँस्कृतिक प्रस्तुती सहित अधिवेशन सम्पन्न गरिएको हो ।
कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरु बिनोद बाजुराली, राधिका हमाल, दीर्घ फुलारा, लाल बहादुर धामी ‘अछामी बड्डो’, सूर्यविरही साउँद, रेखा जोशी, नरेन्द्र रावल लगाएतका दर्जनौ चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।