सोमबार, श्रावण २७ १९:३४
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कैलालीको अध्यक्षमा चन्द
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कैलालीको अध्यक्षमा सिबि चन्द सर्बसम्मत निर्वाचित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कैलालीको सोमबार धनगढीमा भएको जिल्ला अबिधेशनबाट चयन गरेको हो ।
प्रतिष्ठानको प्रथम उपाध्यक्ष गोबिन्द साउँद, द्वितीय उपाध्यक्ष सुभाषचन्द्र बोहरा, महिला उपाध्यक्षमा माया पाण्डेय, सचिवमा तोयनाथ भट्ट, सहसचिव अर्जुन बस्न्त र कोषाध्यक्षमा सुरेन्द्र संगम चयन भएका छन् । जमुना साँउद, चेतराज फुलारा, सपना घर्तिमगर, सृजना साँउद, कृष्णा सिराडी, डम्मरा साउद, भिममाया तामाङ, लोकप्रसाद खनाल, कुलबहादुर बुढाथोकी, पिताम्बर वली, सुरेश चोखाल, सिता बिसी चयन भएका छन् ।
निर्वाचि पछि अध्यक्ष चन्दले लोकदोहोरी तथा कला क्षेत्रमा नयाँ पुस्तालाई प्रोत्सान, पुरानालाई सम्मन सहत व्यबसायीक सुधारका लागि लाग्ने प्रतिबद्ता समेत व्यक्त गरे ।
