सोमबार, श्रावण २७ १९:४१
धनगढी युवा क्लबको बृहत रक्तदान कार्यक्रम
अन्तराष्ट्रिय युबा दिवसको अवसरमा धनगढी युवा क्लबले बृहत रक्तदान कार्यक्रम गरेको छ ।
धनगढी ८ धनगढी युबा क्लबको परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ ३४ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष मोहन ओझाले जानकारी दिए ।
रक्तदान कार्यक्रमको उद्घाटान धनगढी उपमहानगरपालीका मेयर नृपबहादुर वडले गरेका थिए ।


