सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु
सुदूरपश्चिमेली हरुको महान पर्व गौरा आज शुरु भएको छ । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर यो पर्व मनाउने गरिन्छ । सुदूरपश्चिम र मध्यपश्चिमका केही जिल्ला तथा भारतको कुमाउमा परापूर्वकालदेखि मनाउँदै आएको यो पर्वको पहिलो दिन आज घर घरमा महिलाले निराहार व्रत बसी तामाका भाँडामा बिरुडा (मास, गहत, केराउ, गहुँ गुरुस) भिजाएर पर्व सुरु गरिने धनगढीकी स्थानीय धना भट्ट बताउनहुन्छ

दोस्रो दिन परम्परागत रुपमा कुवा पानीको धारा तथा ( नाउलामा) बिरुडा धुने गौराका गित गाउने तथा गौरा पूज्ने गरिन्छ ।त्यसैगरी तेस्रो दिन अथवा सप्तमीका दिन गौरा भित्र्याउने चलन छ । एक साता मनाइने गौरा धार्मिक मात्र नभएर सुदूरपश्चिमको सांस्कृतिक र सामाजिक महत्व वोकेको प्रमुख पर्व पनि हो । ‘गौरा पर्व मात्र नभएरसुदूरपश्चिमेलीहरुको सभ्यता पनि हो । ‘पौराणिक सभ्यतामध्ये गौरा सभ्यता सबैभन्दा प्राचीन मानिन्छ ।

गौरामा गाइने फाग, चैत, धुमारी र ठाडो खेल धार्मिक गतिविधिमा आधारित छन । डेउडा प्राचीन तथा समकालीन विषय वस्तुमा गाउने गरिएको छ । ‘गौरा सुरु भएदेखि गाइंदै आएका फाग, चैत, धुमारी र ठाडो खेल जस्ता लोक काब्यमा प्राचिन इतिहास लुकेको हन्छ ।एकातिर देवीदेउताका चैत, फाग, धुमारी, ठाडो खेल र डेउडा गाएर धार्मिक लोककाव्य जिवन्त राख्ने परम्परा छ भने अर्को्ितर नेपाल एकीकरणका वीरहरूका गाथा डेउडाका रुपमा गाएर राष्ट्रिय एकतालाइ पनि गौरा पर्वले संरक्षण गरेको हुन्छ । गौरा पर्व धार्मिक तथा सामाजिक महत्वको अद्भूत सांस्कृतिक पर्व हो ।’ बल, तील, गुभा, धान र साउं का बोटबाट बनाइने गौरा र शिवका रुपमा काठको प्रतिमा स्थापित गरि एक हप्ता सम्म पूजा गर्ने परम्परा रहेको छ ।
नया विहित पुरुष हरूले घर भित्र्याउने परम्परा रहेको गौरा बिर्सजन गर्दा भने विवाहित बुहारीले टाउकोमा नचाउँदै धार्मिक गीत गाउँंदै स्थानीय मठ–मन्दिरमा लैजान्छन । मठ मन्दिरमा धामी र पुजारीहरूले गौरालाइ विधिवत बिर्सजन गर्ने परम्परा छ ।
पछिल्लो समयमा युवा पिडिमा यस गौरा पर्वको महत्व बारे जानकारि नहुदा गौरा पर्वको महत्व घटदै गएको छ ।
