१९ बैशाख २०८३, शनिबार
मंगलवार, भाद्र ३ १६:५५

प्रदेशकै महत्व बोकेको धार्मिक संरचना बृहत मष्टाधामले सुदुरपश्चिमको मुहार फेर्ने विश्वासः वडाध्यक्ष भण्डारी

गोदावरी नगरपालीकामा निमार्णधिन मष्टाधामले धार्मिक पर्यटक भित्र्याई समग्रह सुदुरपश्चिमको विकाशमा टेवा पुग्ने विश्वास लिएको गोदावरी नगरपालीका वडा नं. ४ का वडाध्यक्ष प्रेम बहादुर भण्डारीले बताएका छन।सोमबार मष्टाधाम निर्माण स्थल र संरक्षण विहिन अवस्थामा रहेको राजितालको अवलोकनका क्रममा वडाध्यक्ष भण्डारीले उक्त कुरा बताएका हुन ।

‘आजसम्म देशमा कुुनै पनि ठाउँमा निर्माण नभएको मष्टधाम सुदुरपश्चिम प्रदेशको गोदावरी नगरपालीकामा निर्माण भईरहेको छ,’ उनले भने ‘ऐतिहासिक र पर्यटन प्रर्वद्वन गरी जिल्लालाई नै समृद्विको बाटो तर्फ डो¥याउने उद्देश्य बोकेको मष्टाधाम निर्माणका लागी सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ ।’ ‘बृहत गुरुयोजनाका साथ निर्माण भईरहेको मष्टाधामका लागी नगरपालीकासँग पहल गर्दा नगरपालीकाले ८ लाख मात्र विनियोजन ग¥यो,’ उनले भने ‘नेपालमै नभएको मष्टाधाम निर्माणका लागी नगरले विनियोजन गरेको रकमले मलाई साह्रै दुखी तुल्याएको छ ।’
स्थानीय स्तरबाट सहयोग जुटाई यति ठुलो कार्य गरेकोमा धन्यवाद दिदै वडा अध्यक्ष भण्डारीले आफुले गर्न सक्ने सहयोगका साथ तिनै तहका सरकारसंग आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । यसका साथै करिब ७ बिघा क्षेत्रफलमा फैलिएको संरक्षण अभावमा ओझेलमा रहेको राजिताल संरक्षणका लागी स्थानीय तहबाट कुनै पनि सहयोग नभएको बेला मष्टाधाम व्यवस्थापन समितिले जिम्मा लिएकोमा उनले समितिलाई धन्यवाद दिए ।


निर्माण भईरहेको मष्टाधाममा विश्वकै सबैभन्दा ठुलो १ सय ८ फिट अग्लो त्रिशुल स्थापना गर्ने तयारी रहेको र संसारकै सबैभन्दा ठुलो घण्ट पनि मष्टाधाममा राख्ने कोशिस गरिरहेको मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर साउँदले बताए ।
गुरुयोजना अनुसार कार्य गर्दा सबैभन्दा बढि जग्गाको अभाव भएको थियो,’ साउँदले भने ‘त्यसको लागी स्थानियबासी र सामुदायीक बन मिलेर करिब ५० बिघा जग्गा दान गरेका छन ।’ मष्टाधाममा पिकनिक स्पट, मष्टाधाम एरिया, बालआश्रम, बृद्वआश्रम, संस्कृत पाठशाला र राजिताल छेउमा ध्यानकेन्द्र बनाइने गुरुयोजनामा उल्लेख गरिएको उनले बताए । गुरुयोजना अनुसारको संरचनाहरु तयार गर्नका लागी साढे ४ करोड लगानी अनुमान गरिएपनि नगरपालीकाको ८ लाख बाहेक अरु सहयोग प्राप्त नभएको अध्यक्ष साउँदले गुनासो पोखे ।

सुदुरपश्चिम धार्मिक एवम् साँस्कृतिक कलाहरुले भरीपुर्ण प्रदेश भएकाले जिल्लाकै नमुना धार्मिक स्थलको रुपमा निर्माण भईरहेको मष्टधामले ति कलाहरुको जर्गेना गर्ने उनले बताए । आफुहरुले ल्याएको गुरुयोजना अनुसार मष्टाधाम निर्माणको लागी तिनै तहका सरकारहरुलाई सहयोग गरिदिन अध्यक्ष साउँदले सबैलाई अनुरोध गरे ।
यसैगरी गोलादेउ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश बिष्टले हजारौ वर्ष अगाडी देखी पुजिदै आएको मष्टा देवताको पुजाआजा भावी पुस्ता सम्म गर्न पाउने र बृहत मष्टधामले नगरपालीकाकै बिकट पहाडीक्षेत्रका रुपमा रहेको वडा नंं ४ स्थीत बन्दगडाको पनि विकाशमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने हुदाँ मष्टाधाम निर्माणका लागी जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको उनले बताए ।

Sharing is caring!

Latest News

सीमा विवादले राजश्व वाँडफाँटमा समस्या
मंगलवार, भाद्र ३ १६:५५
डडेल्धुरामा झाडापखालाको बिरामीको संख्या ८१ पुग्यो
मंगलवार, भाद्र ३ १६:५५