१८ बैशाख २०८३, शुक्रबार
आईतवार, भाद्र ८ १२:५१

भ्रमण वर्षको पूर्वसन्ध्यामा कैलाशले थप्यो नयाँ हेलिकप्टर

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिस प्रालिले नयाँ हेलिकप्टर ल्याएको छ । योसँगै हेलिकप्टरको कम्पनीसँग ३ ओटा हेलिकप्टर भएका छन् ।

कैलाश हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर प्रतापजङ्ग पाण्डेले ९ एन एमटी एएस ३५० कलसाइन भएको बी ३ ई हेलिप्टरले शुक्रबारबाट उडान सुरु गरेको जानकारी दिए ।

भ्रमण वर्ष २०२० नजिकिरहेका बेला कैलाशले नयाँ हेलिकप्टर थप गरेको हो । पछिल्लो समय नेपालमा हेलिकप्टरको सेवा लिने नेपालीहरुको सङ्ख्या पनि बढिरहेको छ । सुरु सुरुमा विदेशी पर्यटकहरुलाई लक्ष्य गरी सञ्चालनमा ल्याइएका हेलिकप्टर अहिले नेपालीहरुले पनि धेरै प्रयोग गर्दै आएका छन् ।

हाल नेपालमा १० ओटा हेलिकप्टर कम्पनी सञ्चालनमा छन् भने अर्को एउटा सञ्चालनको तयारीमा छ । कैलाशले बिरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पुर्याउने, कर्पोरेट फ्लाइट, ह्युमन कार्गो स्लिङ अपरेसन्स, हाइअल्टिच्युट अपरेसन, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेसल एडभेञ्चर मिसन, फिल्मिङ, स्काई डाइभिङ तथा प्राकृतिक प्रकोप उद्धार सेवा दिइरहेको छ ।

Sharing is caring!

Latest News

सुनको मूल्यले बनायो फेरि रेकर्ड, प्रतितोला ७२ हजार ५ सय
आईतवार, भाद्र ८ १२:५१
अछामकी दृष्टिविहिन झुप्री भण्डारीले तताएको ‘भ्वाइस अफ नेपाल’ को स्टेज
आईतवार, भाद्र ८ १२:५१