आईतवार, भाद्र ८ १७:४७
‘साहो’मा साउथ इन्डियन अभिनेता प्रभासले लिएका १०० करोड पारिश्रमिक
साउथ इन्डियन अभिनेता प्रभाषले फिल्म ‘साहो’ को लागि १ सय करोड पारिश्रमिक लिएको खुलासा भएको छ । बाहुबलीपछिको बहुप्रतिक्षित साउथ फिल्म ‘साहो’ ठूलो रकममा बनेको फिल्म हो ।
फिल्मका लागि प्रभाषलाई १०० करोड पारिश्रमिक दिइएको छ । जसकारण प्रभाष भारतकै सबैभन्दा महंगो अभिनेता बन्न सफल बनेका छन् । अर्कोतर्फ अभिनेत्री श्रद्धा कपूरले भने यो फिल्मको लागि सात करोड पारिश्रमिक बुझेकी थिइन् ।
यो फिल्म २०१९ कै सबै भन्दा ठूलो फिल्मको रुपमा लिइएको छ ।
‘साहो’लाई तमिल, तेलेगु र हिन्दी भाषामा रिलिज गरिने भएको छ । समाचारमा आएअनुसार यो फिल्मको लागि अभिनेता
३० अगष्टबाट दर्शकमाझ ‘साहो’ रिलिजमा आउँदैछ । फिल्ममा प्रभाष र श्रद्धाको साथमा मन्दिरा बेदी, नील नीतिन मुकेश, ज्याकी श्रफ, चंकी पाण्डे लगाएत कलाकारहरु मुख्य भूमिकामा छन् ।
