१९ बैशाख २०८३, शनिबार
बुधबार, भाद्र ११ १२:३४

डडेल्धुरा जिप दुर्घटनामा एकको मृत्यु

डडेल्धुराको भागेश्वर गाउँपालिका–४ सेरागाडमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार बिहान १० बजेतिर भागेश्वर गाउँपालिका–४ सेरागाडमा म १ ज २१० नम्बरको जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो । 
डडेल्धुराको देवल दिव्यपुरबाट जिल्ला सदरमुकाम आउँदै गरेको जिप दुर्घटना हुँदा बैतडीको पाटन नगरपालिका वडा नं. ७ का ६५ वर्षीया मानमती चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनामा ३ जना सामान्य घाइते रहेका र अन्य सकुसल रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइँदै गरेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
कच्ची सडकको घुम्तीमा जीप अनियन्त्रीत भइ पछाडी गएर पल्टिएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ। जीपमा १५÷१६ जना यात्रु रहेको अनुमान रहेको र जीप चालक जयराज भट्ट फरार रहेको प्रहरीले जनाएको छ ।

Sharing is caring!

Latest News

विद्यार्थीको सिकाईमा सुधार ल्याउन पढाई उत्सव
बुधबार, भाद्र ११ १२:३४
थारु पत्रकार संघमा पुनःअध्यक्ष चौधरी
बुधबार, भाद्र ११ १२:३४