‘साहो’को नकारात्मक टिप्पणी बढी, एक अर्ब ४२ करोड ‘कलेक्सन’
बलिउडमा बहुप्रतिक्षित फिल्मका रुपमा लिएकाे ३ सय ५० करोड भारुमा निर्मित प्रभास अभिनित फिल्म ‘साहाे’बारे विश्लेषकहरुले अनेक टिप्पणी गरेका छन् । उनीहरुको टिप्पणीलाई सकारात्मक र नकारात्मक रुपमा १.५ र २.५ रेटिङका रुपमा हेरिएको छ ।
विश्लेषकहरुले बढी मात्रामा नकारात्मक टिप्पणी गरेको अवस्थामा फिल्मले दोस्रो दिनको आम्दानीमा गिरावट आएको छ । पहिलो दिन बक्स अफिसमा ८८ करोड भारुको व्यापार गरेको फिल्मले दोस्रो दिन करिब ५२ करोड भारुको व्यापार गरेको छ ।
साहोले हिन्दी भर्सनबाट जम्मा सवा २५ करोड भारु आम्दानी गरेको छ । तर, यो पहलो दिनको तुलनामा केही बढी हो । यस कमाइलाई पनि विश्लेषकहरुले प्रभासको ‘स्टार पावर’को कमाल भएको बताएका छन् । फिल्म रिलिज भएको दोस्रो दिनसम्मको कमाइ जम्मा एक सय ४२ करोड भारु रहेको छ ।
‘साहो’ एक्सनका साथै थ्रिलर फिल्मका रुपमा रहेको छ । डाइरेक्टर सुजिथको निर्देशनमा निर्माण भएको फिल्मको शूटिङ्ग दुबईको अबूधाबीका साथै यूरोपका विभिन्न देशमा भएको थियो । फिल्ममा प्रभासका साथै श्रद्धा कपुरलगायत कलाकारले अभिनय गरेका छन् ।
