१८ बैशाख २०८३, शुक्रबार
सोमबार, आश्विन ६ ११:३२

कञ्चनपुरको पुनर्वास क्षेत्रका सीमालाई ब्यवस्थापन गर्ने आश्वासन दिए ःमन्त्री शाह

सुदीप थापा
पुनर्वास ,
सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले कञ्चनपुरको पुनर्वास क्षेत्रका बासिन्दाहरुलाई सीमा ब्यवस्थापन गर्न पहल गर्ने आश्वासन दिएका छन् । मन्त्री शाहले भारतीय क्षेत्रबाट हात्ती लगायत बन्यजन्तु आएर पुर्याउने क्षति नियन्त्रण गर्न पनि प्रदेश सरकारले सहयोग गर्ने उनले बताए ।


आइतबार मन्त्री शाहले पुनर्वास क्षेत्रको स्थलगत अनुगमन गरेका हुन् । उनले पुनर्वास नगरपालिकाको सीमा क्षेत्रमा केही अघि भारतीय सुरक्षा बल एसएसबीले नेपालीहरुको पोल फ्याकिदिएको स्थल, वडा नम्बर ४ मा रहेको गोबिन्द गौतमको हत्यास्थल, प्याराताल, हात्तीले बालीनालीमा क्षति पुर्याउँदै आएका स्थानहरु ल्गायतमा अवलोकन गरेका हुन् । पहिलो पटक प्रदेशका मन्त्री ग्रामीण वस्तीहरु जेडिएका भारतीय सीमा क्षेत्रमै पुगेर अवलोकन गरेकोमा स्थानीय बासिन्दा उत्साहित भएका थिए । सांसद तारा लामा तमाङ, पुनर्वासका नगरप्रमुख जीवनराज थापालगायत पुनर्वासका वडाध्यक्षहरु स्थलगत अनुगमनमा सहभागी भएका थिए ।


त्यस क्रममा भारतीय सुरक्षा बलबाट स्थानीय बासिन्दाले भोग्नु परेको सास्तीबारे स्थानीय बासिन्दाले सुनाएका थिए । ‘हामीलाई एसएसबीबाट ब्यापक हेपचेप छ’ स्थानीय किरण गिरीले भने ‘धेरैजसो ठाउँमा सीमा ब्यवस्थापन हुन दिएका छैनन् ।’ उनले पारिबाट दुधवा नेश्नल पार्कबाट आउने हात्ती र बदेललेसमेत बालीनाली सखाप गर्ने भएकाले स्थानीय बासिन्दाहरु पीडित रहेको गुनासो सुनाएका थिए ।

नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख थापाले गत जेठ महिनामा आएको असिनाबाट बालीनालीमा क्षति पुगेका किसानहरुलाई प्रदेश सरकारबाट सहयोगको अनुरोध गरे ।

Sharing is caring!

Latest News

जन्म दिनको अवसरमा खाद्यान्न र फलफुल वितरण
सोमबार, आश्विन ६ ११:३२
एकै पटक सुधार गर्नखोज्दा उद्योगीलाई समस्या पर्याेः अर्थमन्त्री खतिवडा
सोमबार, आश्विन ६ ११:३२