१८ बैशाख २०८३, शुक्रबार
सोमबार, आश्विन ६ १७:०५

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा दुई महिनादेखि नौवटा गाडी थन्किए


धनगढी,
सुदूरपश्चिम प्रदेशमा प्रहरीका लागि आवश्यक सवारी साधनको अभाव छ। प्रदेश प्रहरीलाई सवारी साधनको चरम अभाव भइरहेका बेला प्रदेश सरकारले खरिद गरेका गाडी भने थन्किएका छन ्।
पर्याप्त गाडी नहुँदा र भएको गाडी पनि थोत्रा भएका कारण प्रहरीलाई नियमित काममा समस्या भइरहेको बेला प्रदेश सरकारले खरिद गरेको गाडी भने वितरणमा ढिलाइ भइरहेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा दुई महिनादेखि नौवटा गाडी थन्किएका छन्।
गाडी वितरणका लागि मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लागिएको जनाइएको छ। मन्त्रिपरिषद् बैठकले निर्णय गरे लगत्तै सबै जिल्लाका प्रहरी प्रमुखलाई धनगढी बोलाएर गाडी हस्तान्तरण गरिने मन्त्रालयका प्रवत्ता एवम उप सचिव तेज प्रकास जोशीले बताउनु भयो । मन्त्री परिषदको निर्णण अनुसार गाडी बितरण गरिने उहाँको भनाई छ ।
प्रवक्ता तेज प्रकास जोशी आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेश
प्रहरीका लागि २०७० सालको संविधानसभाको चुनावको बेला नयाँ गाडी खरिद भएको थियो। त्यसयता, प्रहरीलाई नयाँ गाडी मिलेको छैन। प्रयोग गर्दै आइरहेको गाडीहरू हाल पुराना भइसकेका छन्। प्रहरीलाई गाडी अत्यन्त आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनु भयो ।
प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेत जिल्ला प्रहरी कार्यालय कैलाली
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा प्रहरी गाडी खरिदका लागि प्रतिगाडी ४२ लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो । गाडी खरिद गर्दा प्रतिगाडी ३६ लाख ९९ हजारका दरले खर्च भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । नौ वटा गाडी खरिदमा तीन करोड ३२ लाख ९१ हजार रुपैयाँ खर्च भएको छ ।

Sharing is caring!

Latest News

निसर्ग अस्पताल टेक बहादुर चोखाल स्मृति कप हुने
सोमबार, आश्विन ६ १७:०५
अटोरिक्सा तथा बिधुतीय रिक्सा चालकहरुलाई ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण सम्बन्धि प्रशिक्षण
सोमबार, आश्विन ६ १७:०५