६ जेष्ठ २०८१, आईतवार
बिहीबार, आश्विन ३० ११:४१

वालवाललिकालाई सहयोग बडिमालिका ट्रेडिङ ईन्टरप्राईजेका प्रबन्ध निर्देशक राजेन्द्र खत्रीद्वारा (फोटो फिचर)

धनगढी, फोर्स मोटर्सको सुदूरपश्चिमका लागि अधिकारिक बिक्रेता बडिमालिका ट्रेडिङ ईन्टरप्राईजेज धनगढीका प्रबन्ध निर्देशक राजेन्द्र खत्रीले बाजुराको बालगृहका वालवाललिकालाई सहयोग गरेका छन् ।

बाजुरा त्रिबेणी नगरपालिका–९ पैमा स्थाई घरभएका खत्रीले दशैका बेला घर गएका बेला कन्सर्न बाजुराले स्थापना गरेको जिल्लाको बुढीगङ्गा नगरपालिकाको ब्रह्मतोलामा सञ्चालित अनाथ बालगृहका वालवालिकालाई सहयोग गरेका हुन् ।

दशैमा फजुल खर्च गर्नुभन्दा पनि खर्च कटाएर सानै भएपनि बालगृहका वालगृहका वालवालिकालाई सहयोग गरेको फोर्स मोटर्सका अधिकारिक बिक्रेता बडिमालिका बडिमालिका ट्रेडिङ ईन्टरप्राईजेज धनगढीका प्रबन्ध निर्देशक राजेन्द्र खत्रीले बताए । बाजुराजस्तो दुर्गम क्षेत्रमा अनाथका लागि आश्रममा सबै सहयोगि हातले सहयोग गर्न समेत सबैलाई अनुरोध खत्रीले गरे ।

अनाथ बाल गृहमा पढ्ने १३ जना बालबालिकालाई प्रबन्ध निर्देशक खत्रीले बिभिन्न खाद्य सामग्री, साबुन लगाएतका सामग्री सहयोग गरेका हुन् । आमा बाबु नभएका र माया प्ररेणाबाट बञ्चित रहेका बालबालिकालाई सहयोग होस भन्ने उद्धेश्यले सहयोग गरेको खत्रीले बताए ।

आमा बाबु दुइवटै नभएका साहारा विहिन बालबालिकालाई आफ्नो क्षेत्रबाट फुर्सद भएकाले सधै पटकपटक उक्त बालगृहमा गरी सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका छन् । कन्सन बाजुराको बालगृहमा हाल १३ अनाथ बालबालिका बस्दै आएका छन् । बालगृह विसं २०७२ देखि सञ्चालनमा छ ।

~

Sharing is caring!

धनगढी युवा क्लव धनगढी उपमहानगरपालिका ८ले पेलान्टी सुटआउट फुटवल प्रतियोगिता गर्दै
बिहीबार, आश्विन ३० ११:४१
कैलाली खेलकुद विकास समितिको अध्यक्षमा बाबुराजा श्रेष्ठ नियुक्त
बिहीबार, आश्विन ३० ११:४१
shares