पुर्नवास नगरपालिकाले जेष्ठ नागरिकलाई कम्बल र एकल महिलालाई न्यानो लुगा बितरण गर्यो
कंचनपुर,
अत्याधिक चिसो बढेपछि पुर्नवास नगरपालिका वडा ः१०ले जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरेको छ । चिसो संगै शितलहर बढेपछि कष्टकर बनेको सर्वसाधारणको दैनिकीलाई ध्यानमा राखी नगरपालिकाको वडा ः १० ले कपडा वितरण गरेको हो ।

न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दे पुर्नवास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले नगरपालिकामा बसोबास गर्ने वडा ः१० बिपन्न परिवारका स्थानीय, जेष्ट नागरिक र एकल महिलालाई चिसोबाट बचाउन न्यानो कपडा वितरण गरिएको बताउनु भयो ।

पाँचौ नगर सभाबाट पारित गरिए आर्थिक वर्ष ०७६÷०६७ को विनयोजित रकम पास गरि डण् वर्ष भन्दा माथीका जेष्ठ नागरिकलाईे कम्बल र एकल महिलालाई न्यानो लुगा बितरण गरिएको वडा नः १० का अध्यक्ष सुकदेब रानाले बताउनु भयो ।
पुर्नवास नगरपालिका वडा ः१०ले आफ्नो वडाभित्र बसोबास गर्ने स्थानीय विपन्न करीब १३५ परिवारलाई न्यानो कपडा वितरण गरेको हो ।
