१८ बैशाख २०८३, शुक्रबार
पुनर्वासमा बाह्रौं  राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मन्त्री भट्टद्वारा उद्घाटन
मंगलवार, माघ ७ २१:३३

पुनर्वासमा बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मन्त्री भट्टद्वारा उद्घाटन


कंचनपुर,
कंचनपुरको पुनर्वासमा दोस्रो नगर स्तरीय तथा बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको एक औपचारिक कार्यक्रमका बीच उद्घाटन भएको छ ।
मंगलबार पुनर्वास पुग्नुभएकी सुदुर पश्चिम प्रदेशका उधोग ,बन तथा वातावरण पर्यटन मन्त्री माया भट्टले दोस्रो नगर स्तरीय तथा बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको पानसमा बत्ति बालेर र ब्यानर बाचन गरेर उद्घाटन गर्नुभएको हो ।

प्रमुख अतिथिको तर्फबाट बोल्नु हुँदै मन्त्री भट्टले स्वच्छ रुपमा प्रतिस्पर्धा गरेर खेलको बिजेता बन्न बिद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो ।यश क्षेत्रको पर्यटन बिकास नै नगरपालिकाका बिकास हुने हुँदा पर्यटन विकासमा सबैलाई लाग्न अनुरोध गर्दै प्रदेशबाट पर्यटन विकासका लागि आफुले पनि पहल गरि सहयोग गर्ने बताउनुभयो ।
बाईटः माया भट्ट उधोग ,बन तथा वातावरण पर्यटन मन्त्री
नगर प्रमुख तथा नगर खेलकुद बिकास समितिका संयोजक जिवनराज थापाले पुनर्वासको खेलकुद विकास र पर्यटन विकासमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने भन्दै मन्त्री भट्टको ध्यानाकर्षण गराउनु भयो ।

पुनर्वास नगर खेलकुद बिकासका सदस्य तथा दोस्रो नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका संयोजक खडक बिक्रम थापाको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा उपस्थित विभिन्न ब्यक्तित्वहरुले सान्दर्भिक मन्तव्य राखेका थियो ।
पुनर्वास नगरपालिका अन्तर्गतका २३ ओटा निजि तथा सामुदायिक बिधालयहरुको सहभागिता रहेको सो दोस्रो नगर स्तरिय तथा बाह्रौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि आठ लाख बजेट बिनियोजित गरिएको छ ।
प्रतियोगिता माघ ७ गते देखि माघ ११ गते सम्म सञ्चालन हुने छ ।

Sharing is caring!

Latest News

मानवअधिकार सम्बन्धी सचेतीकरण तालिमसम्पन्न
मंगलवार, माघ ७ २१:३३
हात्तिपाईलेको औषधी खुवाउने अभियान प्रभावकारी बनाउन निर्देशन
मंगलवार, माघ ७ २१:३३