१४ जेष्ठ २०८३, बिहीबार
मानवीय सेवामा अनेकौ प्रयास द्वरा दलित परिवारलाई न्यानो कपडा वितरण
आईतवार, माघ १९ १८:५७

मानवीय सेवामा अनेकौ प्रयास द्वरा दलित परिवारलाई न्यानो कपडा वितरण

धनगढी,
धनगढी उप–महानगरपालिका क्षेत्रका १ सय दलित परिवारका जेष्ठ नागरिकलाई ओढ्ने र बिछउने न्यानो कपडा वितरण गरिएको छ ।
आईवार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मनवताका लागि अनेकौं प्रयास नेपाल संस्थाबाट सयोग लिई दलित परिवारका जेष्ठ नागरिकहरुको बस्तीमै पुगेर न्यानो कपडा हस्तान्तरण गरेका हुन ।


धनगढी उप–महानगरपालिका वडा नं १९ का अति बिपन्न दलित परिवारलाई एक सेट कम्वल र डसना वितरण गरेका हो । अत्याधिक जाडो बढेकाले विपन्न परिवारलाई राहत पुगोस भनेर कम्वल र डसना वितरण गरिएको हुन । मानवताका लागि अनेकौ प्रयास नेपालले धनगढी उप–महानगरपालिकालाई सहयोग गर्दै आईरहेको हुदाँ वडावासीलाई न्यानो कपडा हस्तान्तरण गरेको नगर प्रमुख नृपबहादुर वडले बताउनुु भयो ।


मानवताका लागि अनेकौ प्रयास नेपालका अध्यक्ष भक्तराज जोशीले आफुहरुको काम सधै मानवताका पक्षमा हुने गरेको बताए । जाडोका लुगा मात्रै नभएर गर्मिको समयमा गरिव र मुक्त कमैयाको बस्तीमा झुल समेत वितरण गरेको अध्यक्ष जोशीले बताए ।
मानवताका लागि अनेकौ प्रयास नेपालले सुदुरपश्चिम प्रदेशका स्थानिय तहसंग साझेदारी विपन्न परिवारलाई सहयोग गर्दे आईरहेको छ ।

Sharing is caring!

Latest News

यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘साङ्लो’ को ट्रेलर
आईतवार, माघ १९ १८:५७
गोदावरी नगरपालिकामा बाल विवाह र लागु पदार्थ दुर्व्यसन बिरुद्ध सचेतना कार्यक्रम
आईतवार, माघ १९ १८:५७