११ असार २०८३, बिहीबार
धनगढीमा क्यान इन्फोटेक आयोजना हुने
बिहीबार, माघ २३ २२:२४

धनगढीमा क्यान इन्फोटेक आयोजना हुने

कम्प्युटर एसोसिएसन नेपाल महासघ ९क्यान० को आयोजनामा धनगढीमा क्यान इन्फोटेक आयोजना हुने भएको छ । चैत्र ४ देखि ७ गते सम्म इन्फोटेक आयोजना हुने जनाइएको छ । सुचना तथा संचार प्राविधिका क्षेत्रमा भएको बिकास एवं प्रबिधिको जानकारीका लागि प्रदर्शनी हुने क्यानले जनाएको छ ।

आज धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा इन्फोटेक बारे जानकारी गराइएको हो । प्रदर्शनीमा विभिन्न रास्ट्रीय तथा अन्तर्राष्ट्रिय स्तरका कम्पनी हरुको सहभागिता रहने जनाइएको छ । इन्फोटेकले सरकारले ल्याएको डिजिटल नेपाल फ्रेमवर्कू तथा पर्यटन भ्रमण बर्ष २०२० लाई पनि सहयोग पुग्ने बिश्वास लिइएको आयोजन सस्थाका महासचिव यज्ञराज ओझाले बताउनु भयो ।

इन्फोटेकमा २ करोडको कारोबार हुने एवं १ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको इन्फोटेकका संयोजक तथा क्यानका केन्द्रिय सदस्य खेमराज ढुङ्गानाले बताउनु भयो । मेला ४ दिन सम्म धनगढीको ॐ प्यालेसमा आयोजना हुने छ ।

क्यान कैलालीका अध्यक्ष नरेश धामीले प्रदर्शनीलाई आकर्षक बनाउन अत्याधुनिक टेक्नोलोजी को प्रदर्शनी, फ्री सर्भिस क्याम्प तथा रोबर्ट र डोर्न को प्रदर्शनी, आइटी सेमिनार समेत प्रदर्शनी अवधीभर हुने बताउनु भयो ।

Sharing is caring!

Latest News

अत्तरियामा मृत फेला परेकी उर्मिलाको न्यायको माग गर्दै धनगढीमा प्रर्दशन
बिहीबार, माघ २३ २२:२४
ललिता निवास जग्गा धितोमा वित्तिय संस्थाको २ अर्ब कर्जा फस्यो
बिहीबार, माघ २३ २२:२४