सनराइज बैकं र बेल्स क्याफे १० प्रतिशत छुटको सम्झौता
सनराइज बैकंका ग्राहकहरुलाई खाना तथा नास्तामा छुट दिनेगरी सनराइज बैकं सुदूरपश्चिम प्रदेश कार्यालय र बेल्स क्याफे धनगढी बिच सम्झौता भएको छ । सनराइज बैकंको ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरेर बेल्स क्याफेमा खाना तथा नास्तामा १० प्रतिशत छुट पाउने गरी सम्झौता भएको छ ।
सनराइज बैकं सुदूरपश्चिम प्रमुख सुरेन्द्र बहादूर साही र बेल्स क्याफेका प्रबन्धक घनश्याम जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरेका हुन् । सनराइज बैकं धनगढी शाखामा भएको सम्झौता हाललाई ३ महिनाका लागी गरिएको छ । सनराइज बैकंका ग्राहकहरुले अल्कोशल बाहेक अन्य खानेकुरामा १० प्रतिशत छुट पाउने गरी सम्झौता भएको बैकंका सुदूरपश्चिम प्रमुख सुरेन्द्र शाहीले बताए । यस्ता सम्झौता अन्य संगपनि गर्ने कार्यक्रम रहेको उनले बताए ।
सनराइज बैकंका सुदूरपश्चिममा मात्रै १३ वटा साखा छन् । नेपालको क बर्गको सनराइज बैकंले देशभरीका १ सय ३० साखाबाट सेवा दिइरहेको बैकंका धनगढी साखा प्रबन्धक धर्म बिष्टले बताए । साथै ४८ ठाउँबाट साखा रहित बैकिंङ सेवा, ९ एक्सटेन्सन काउन्टर र १ सय ५२ एटिएम मार्फत सेवा दिइरहेको बिष्टले बताए । बैकंका ५ लाख बढी निक्षेपकर्ता रहेका छन् ।
