१८ बैशाख २०८३, शुक्रबार
स्वास्थ्य परिक्षणका लागि बेलौरी नाकामा  हेल्थ डेस्क स्थापना
सोमबार, फाल्गुन २६ २१:५७

स्वास्थ्य परिक्षणका लागि बेलौरी नाकामा हेल्थ डेस्क स्थापना

बेलौरी, कञ्चनपुर ,

बेलौरीको बैशाखा भन्सार नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । 

विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेका बेला बेलौरी नगरपालिकाले भारत आवतजावत गर्नेहरुको स्वास्थ्य परिक्षणका लागि नाकामा उक्त हेल्थ डेस्क स्थापना गरेको हो । 

नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले कोरोनाबाट बच्न र बचाउन भन्दै दक्षिणी क्षेत्रबाट भारत आवतजावत गर्दा बैशाखा भन्सार नाकाको बाटो मात्रै प्रयोग गर्न आग्रह गरेका छन् ।

त्यस्तै, नेपाल रानाथारु समाज बेलौरीले पनि कोरोनाका कारण होरी मिलन कार्यक्रम स्थगित गरेको जनाएको छ । नेपाल रानाथारु समाज केन्द्रिय कार्य समिति र नेपाल रानाथारु समाज बेलौरीको संयुक्त आयोजनामा यही फागुन ३० गते हुने भनिएको होरी मिलन कार्यक्रम स्थगित गरेको हो ।  

No photo description available.

Sharing is caring!

Latest News

कोरोना भाइरसबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं निम्न सामान्य सावधानी अपनाऔं
सोमबार, फाल्गुन २६ २१:५७
मुख्यमन्त्री भट्ट र नगर प्रमुख वड बिच कोरोना संवेदनशीलताका बारेमा छलफल
सोमबार, फाल्गुन २६ २१:५७