२९ असार २०८३, सोमबार
सुदुरपश्चिम प्रदेश मन्त्री परिषद बैठकले गर्‍यो ल्याब स्थापना गर्ने  निर्णय
शनिबार, चैत्र १५ १४:५३

सुदुरपश्चिम प्रदेश मन्त्री परिषद बैठकले गर्‍यो ल्याब स्थापना गर्ने निर्णय

धनगढी, सुदूरपश्चिम प्रदेश सरकारले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभीड–१९) को सम्भावित विरामीको नमूना परिक्षणका लागि तीन वटा अस्पतालमा ल्याब स्थापना गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले कोरोनाका सम्भावित विरामीको नमूना परिक्षणका लागि सेती प्रादेशिक अस्पताल, बैतडी र डोटीमा ल्याब स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले बताए ।  लकडाउनका कारण ज्याला मजदुरीबाट आय स्रोत गुमेका तथा गरिबीको रेखामुनी रहेकाहरुका लागि ४० करोडको राहात प्याकेज उपलब्ध गराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । राहात प्याकेज आर्थिक मामिला तथा योजना मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय भएको प्रबक्ता शाहले बताए । कोषमा विभिन्न संघसंस्था तथा सर्वसाधारणले समेत राहात जम्मा गर्न सक्ने प्रदेश सरकारले जनाएको छ ।

Sharing is caring!

सिदार्थ बैंकले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस नियन्त्रणकालागि १० लाख रुपैया सहयोग ग¥यो
शनिबार, चैत्र १५ १४:५३
नेपालगञ्ज विमानस्थलमा औषधि बोकेको विमान दुर्घटना, विमानमा सवार सबै सुरक्षित
शनिबार, चैत्र १५ १४:५३