१८ बैशाख २०८३, शुक्रबार
अबैधबाटो हुँदै   कैलालीमा ६८ जना नेपाल भित्रिए
आईतवार, चैत्र १६ १४:०३

अबैधबाटो हुँदै कैलालीमा ६८ जना नेपाल भित्रिए

धनगढी,नेपल र भारतमा यती खेर लकडाउन गरिएको भए पनि नेपाल भारतको खुल्ला सिमाना हुदै नेपाल भित्रिने क्रम रोकिएको छैन ।
आज मात्रै ६८ जना नेपालीहरुले अबैधरुपमा खुल्ला सिमानाको बाटो प्रयोग गरी नेपाल भित्रिएका छन् । भारतको गैरीफन्टा र तिकुनिया खुल्ला सिमाना हुदै नेपाल भित्रिएका हुन ।
भारतको बिभिन्न क्षेत्रवाट आएका नेपालीहरु कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–२ पुरानो भन्सार रोड र वडा नम्बर–९ गैरीपुर ६८ जना नेपाल भित्रिएका हुन् ।
कोराना संक्रमण रोकथाम गर्न नेपाल र भारतमा लकडाउन भएका कारण उनिहरु अबैधबाटो हुदै नेपाल भित्रिएका हुन् ।
अबैधरुपमा नेपाल भित्रिएको स्थानियले जानकारी प्राप्त गरेपछि उनिहरुलाई आहिले सोही ठाउको तिल्लेका तालमा राखिएको छ । अहिले सो क्षेत्रमा प्रहरीले उनिहरुको बिबरण तयारी गरी क्वारेन्टाईनमा राख्ने प्रक्रिया अगाडी बढेको छ । सुदुरपश्चिम प्रदेशका बाजुरा ,डोटी अछाम,बैतडी र कैलाली लगायतका ठाउँमा बसोबास गर्ने नेपाल भित्रीएका हुन ।
यसरी अबैधरुपमा नेपाल भित्रीएकाहरुलाई कोरोना चेकजाँच गरी क्वारेन्टाइनमा राख्नु पर्ने स्थानियले बताएका छन् ।

Sharing is caring!

Latest News

नेपालगञ्ज विमानस्थलमा औषधि बोकेको विमान दुर्घटना, विमानमा सवार सबै सुरक्षित
आईतवार, चैत्र १६ १४:०३
कोरना भाईरसका बिरुद्द नेकपा गोदावरी नगरकमिटीद्वारा जनपक्षिय अभियान चलाईने
आईतवार, चैत्र १६ १४:०३