१८ बैशाख २०८३, शुक्रबार
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेस संसदीय दलको आग्रह ‘कृतिम अभाव सिर्जना नगरौ घरभित्रै बसौं’
आईतवार, चैत्र १६ १६:०९

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेस संसदीय दलको आग्रह ‘कृतिम अभाव सिर्जना नगरौ घरभित्रै बसौं’

असहज अवस्थाको फाईदा उठाउदै बजारमा दैनिक उपभोग्य सामाग्री, औषधी, ग्याँस र पेट्रोलियम पदार्थको कृतिम अभाव सिर्जना नगर्न नेपाली कांग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेसले अनुरोध गरेको छ । शनिबार कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावले एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरिएको हो ।

बिज्ञप्तीमा लकडाउनका कारण काम गरि खाने मजदुर, बिपन्न, गरिवहरुलाई खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्रीहरुको आपूर्ती र सबै अहोरात्र खटीरहने स्वास्थ्यकर्मी, संचारकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मीका लागि पिपिईको समेत व्यबस्था गर्न प्रदेश सरकारसंग माग गरिएको छ । यस्तै बिज्ञप्तीमा लकडाउनको पुर्ण पालना गर्न समेत नेपाली कांग्रेस संसदीय दलले प्रदेसबासीलाई आग्रह गरेका छ । भारत र तेश्रो मुलुकहरुबाट फर्किएका आफ्नै परिवारको सदस्य भएपनि १४ दिन सम्म घरमा छुट्टै राख्न अनुरोध गर्दछौं बिज्ञप्तीमा भनिएको छ ।

संक्रमणबाट सबैले सुरक्षित रहन सहकार्य र समन्वयलाई निरन्तरता दिनहुन राजनीतिकदल, स्थानीय प्रशासन र राष्ट्र सेवक सुरक्षाकर्मीहरु, नेपाल रेडक्रस सोसाईटी, ब्यापारी लगायतका सामाजीक संघसंस्थाहरु संग समेत हार्दिक अपिल समेत बिज्ञप्ती मार्फत गरिएको छ ।
यस्तै दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरि तत्काल बिशेष राहत प्याकेज, न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई विविध ढंगले राहत पुग्ने गरि योजना र कार्यक्रम तत्काल निर्माण गर्न प्रदेश सरकारसंग माग गदछौ बिज्ञप्तीमा भनिएको छ ।

साथै कोरोनाको जोखिमबाट बच्नका लागि मास्कको प्रयोग गर्न, साबुन पानीले हात धुन, सरसफाईमा ध्यान दिन, सरकारले घोषणा गरेको लकडानको पालना गरी सबै घरमै बस्न अनुरोध गर्दै ज्वरो आउने, थकाई लाग्ने, सुख्खा खोकी लागिरहेमा स्वास्थ्यकर्मीको परामर्श लिन सबैमा हार्दिक आह्वान समेत बिज्ञप्तीमा भनिएको छ ।

Sharing is caring!

Latest News

कोरना भाईरसका बिरुद्द नेकपा गोदावरी नगरकमिटीद्वारा जनपक्षिय अभियान चलाईने
आईतवार, चैत्र १६ १६:०९
धनगढी उप–महानगरपालिकाले सिमामा अलपत्र नेपालीको उद्धार । ग¥यो
आईतवार, चैत्र १६ १६:०९