११ भाद्र २०८३, बिहीबार
एनआईसी एशियाद्वारा गरीब तथा मजदुरलाई खाद्यान्न सहयोग
शनिबार, चैत्र २२ १८:१३

एनआईसी एशियाद्वारा गरीब तथा मजदुरलाई खाद्यान्न सहयोग

 धनगढी, २२ चैत । एनआईसी एशिया बैंकले लकडाउनबाट प्रभावित गरीव तथा ज्यालादारी गरी खानेहरुलाई तीन लाख ७५ हजार रुपैयाँ बराबरको खाद्यान्न र राहत सामग्री हस्तान्तरण गरेको छ । एनआईसी एशिया बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख टेकराज भट्टले लकडाउनका कारण छाक टार्न समस्या भएका कैलाली र कञ्चनपुरका बिभिन्न क्षेत्रका एक सय ९० परिवार गरीब तथा मजदुरलाई बैंकका तर्फबाट दैनिक उपभोग्य वस्तुहरु स्थानीय तहमार्फत प्रदान गरे ।
कञ्चनपुरको बेतकोट नगरपालिका, कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, बर्दगोरिया कैलारी र जोशीपुर गाउँपालिकाका प्रमुख मार्फत गरीब तथा विपन्न परिवारलाई चामल, दाल, नून, तेल लगायत अत्यावश्यकीय दैनिक उपभोग्य वस्तु प्रदान गरिएको बैंकले बताएको छ ।

विपत्को घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै अप्ठ्यारोमा परेका वर्गलाई बैंकका तर्फबाट अत्यावश्यकीय उपभोग्य वस्तु प्रदान गरिएको एनआईसी एशिया बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख भट्टले बताए ।

Sharing is caring!

धनगढीमा भोली देखि दैनिक उपभोग्य बस्तुका पसल पनि बन्द, होम डेलीभरीका लागि ब्यापारी संग आग्रह
शनिबार, चैत्र २२ १८:१३
जुवाडेको कथा, काङ्ग्रेसको मति र मध्यावधीको राग (बरिष्ठ पत्रकारराजेन्द्र बानियाँ)
शनिबार, चैत्र २२ १८:१३