कञ्चन डेभलपमेण्ट बैंक धनगढी शाखाद्धारा धनगढी उप महानगरपालिकालाई खाद्यान्न सहयोग
बिहीबार कञ्चन डेभलपमेण्ट बैंक धनगढी शाखाद्धारा धनगढी उप महानगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशभर लक डाउन गरिएको समयलाई मध्यनजर गर्दै राहत स्वरुप कञ्चन डेभलपमेण्ट बैंकले धनगढी उप महानगरपालिकालाई खाद्यान्न सहयोग गरेको हो । कञ्चन डेभलपमेन्ट बैंक धनगढी शाखाका प्रबन्धक गणेश कार्कीले धनगढी उप महानगरपालिका नगर प्रमुख नृप बहादुर वड र उपप्रमुख शुसिला मिश्र भट्टलाई चामल,४३कट्टा ,१० पेटी तेल, २क्युन्ट्ल दाल,१क्युन्टल नुन र १०० पिस साबुन हस्तान्तरण गरेका हुन । कोरोना भाइरसको महामारीबाट विश्व नै त्रसित भइरहेको बेला कोरोना भाइरसको संक्रमण रोकथामका लागि उक्त खाद्यान्न सहयोग स्वरुप हस्तान्तरण गरिएको बैंकका शाखाका प्रमुख कार्कीले बताए । नगरप्रमुख वडले कोरोना भाइरसको संक्रमण विरुद्धको अभियानमा बैंकले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै कोरोना भाइरस संक्रमण र रोकथामका लागि आआफ्नो क्षेत्रमा सचेत र सतर्क रहि सो अभियानलाई सफल पार्न एवम् सक्दो सहयोग गर्न सबैलाई आह्वान समेत गरे ।
