११ असार २०८३, बिहीबार
डेढ घण्टा पनि टिकेन सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने
बिहीबार, चैत्र २७ १८:४६

डेढ घण्टा पनि टिकेन सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

काठमाडौं, । लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने सरकारको निर्णय डेढ भण्टा पनि सकेन । सरकारले भोलि र पर्सि उपत्यकाबाट सर्वसाधारणलाई बाहिर जान दिने निर्णय गरेको भएपनि प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरी गृहकार्य गर्न गृह मन्त्रालयलाई भनिएको थियो ।

५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए । गृहृ मन्त्रालयले पनि भोलि र पर्सि नै पठाउन सम्भव नभएको राय दिएपछि निर्णय उल्टिएको छ ।

Sharing is caring!

Latest News

एस. टि.एस टेलिभिनबाट एसईइ तयारी कक्षा
बिहीबार, चैत्र २७ १८:४६
भारतमा रहेका नागरिकहरुले कैलालीको मोहन्याल गाउपालिका ६,७मा मास्क र साबुन बितरण
बिहीबार, चैत्र २७ १८:४६