२० बैशाख २०८३, आईतवार
माननिय प्रेम आले द्धारा  विद्यार्थीहरुलाई खाद्यन्न सामाग्री वितरण
शनिबार, बैशाख ६ १९:११

माननिय प्रेम आले द्धारा विद्यार्थीहरुलाई खाद्यन्न सामाग्री वितरण

धनगढी । डोटी जिल्लाबाट निर्वा्चित प्रतिनिधी सभा सदस्य सांसद माननीय प्रेम आले मगर द्धारा सुदूरपश्चिमका विभिन्न जिल्लामा घर भई धनगढीमा डेरामा बसिरहेका विद्यार्थीहरुलाई शनिबार खाद्यन्न सामाग्री वितरण गरेको छ ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) ले यतिबेला नेपाल लकडाउनमा भएका बेला खाद्यन्नको अभाव भई समस्यामा परेका विद्यार्थीहरुलाई २५ केजी चामल, दाल, र तेल वितरण गरेको हो ।



खाद्यन्न वितरणमा संलग्न विद्यार्थी नेता विमल शाहीले धनगढीमा पढ्दै गरेका १ सय २५जना विद्यार्थीहरुलाई वितरण गरेको बताए । शाहीका अनुसार धनगढी उपमहानगर २ सन्तोषीटोल र चौराहा, वडा नम्बर ५ हसनपुर पिपलचौतारा, वडा नम्बर १ को शिवनगर पशुपती टोलमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई राहत सामग्री वितरण गरिएको छ ।

राहात सामाग्रि लिदै हाल अध्ययनको शिलशिलामा धनगढीमा बस्दै आएका विद्यार्थीहरुल आफुले राहात साग्री पाउदा निकै खुसी भएको र सहयोगको लागी सांसद ज्युको कार्यको प्रशंसा गर्दै हृदयदेखी धन्यवाद दिएका छन् ।खाद्यन्नको अभाव भई समस्यामा परेका बेला खाद्यन्न सामाग्री पाएपछि विद्यार्थीहरुले माननिय आलेलाई धन्यवाद व्यक्त गरेका छन् ।

समाजसेवी, भिमलाल जोशी, डा.भरत कुँवर, विद्यार्थी नेता चुडामणी भट्ट, ललित ओझा, गोविन्द खड्का, चन्द्र जोशी, विमल शाही लगायतको सहभागी रहेका थिए ।

Sharing is caring!

Latest News

मस्जिदमा लुकेर बसेका ८ भारतीयमा कोरोना पोजेटिभ
शनिबार, बैशाख ६ १९:११
मजदुरले सरकारी राहत पाएनन् : स्थिति भयावह हुने सङ्केत
शनिबार, बैशाख ६ १९:११