दिल्ली को तग्लिबी जमात बाट भागेका १२जना उदयपुर मा पक्राउ
बिष्णु जोशी ।खबरचित्र।भारतीय सञ्चार माध्यम ले नेपाल मा कोरेना भाइरस सङ्क्रमित ब्याक्ती हरु लुकेर बसेको दाबी गरिरहदा भारतिय तब्लिग जमात मा सङ्लग्न भएको दाबी भएका उदयपुरको एक मस्जिदमा एकैसाथ १२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएपछि देशैभरका मस्जिदहरुमामा सरकारले कडाइ गरेको छ। कोरोनाको उच्च जोखिम नियन्त्रण गर्न जारी लकडाउनका क्रममा एकैसाथ १२जना संक्रमित भेटिएपछि देश भरी का मस्जिदहरुमा नेपाल प्रहरी ले सुरक्षा ब्यबसथा कडा पारिएको छ।
साथै सीमा तथा आवतजावतमा सरकारले कडाइ गरेको छ। यसैक्रममा हिजो दमक नगरपालिका –६ स्थित जामे मस्जिदमा रहेका ११ भारतीय धर्मगुरुसहित १४ को आरडीटी परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको छ।
उनीहरु दुई महिनाअघि नै नेपाल आएको बताए पनि भारतिय मिडिया हरु ले भने उनी हरु दिल्ली स्थित निजानुमुद्दिन जमात बाट भागेको पुष्टि गरेको छ। कोरोना सङ्क्रमण हुन नदिन सरकारले लकडाउन जारी राखेपछि उनीहरु भारत फर्कन नपाएको बताउँदै आएका छन्। उनीहरु केही दिन देखि उनिहरु लाई क्वारेन्टाइन गरिएको छ।।।।

