२० बैशाख २०८३, आईतवार
धनगढीका  दैनिक ज्याला मजदुरी गर्ने समुदायलाई युवा व्यवसायी  अहमद द्वारा खाद्यन सहयोग
बिहीबार, बैशाख ११ २१:१६

धनगढीका दैनिक ज्याला मजदुरी गर्ने समुदायलाई युवा व्यवसायी अहमद द्वारा खाद्यन सहयोग

धनगढी, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्युनीकरणका लागि सरकारले जारी गरेको बन्दाबन्दी ९लकडाउनका कारण अतिविपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने समुदाय बढी मर्कामा परेका छन् ।

यस अवधिमा लक डाउनका समस्यामा परेका मानिसहरुलाई युवा व्यवसायी शकिल अहमदले राहत वितरण गरेका छन् । धनगढी उप महानगरपालिका वडा नम्बर ३ चौहरामा रहेको ईरम बैंगल स्टोरका सञ्चालक अहमदले दैनिक ज्यालादारी गरि गुजारा टार्दै आएका बर्गलाई राहत वितरण गरेका हुन् ।

धनगढी उप महानगरपालिका वडा नम्बर ३ र २दैनिक ज्यालादारी गरि खाने १० जना परिवारलाई खाद्यन सहयोग गरेका हुन । १० कटट् चामल २ किलो दाल, १ लिटर तेल नुन र सोयविन लगायत सामाग्री हस्तान्तरण गरेका हुन ।

युवा व्यवसायी अहमदले कोरोना भाइरसका कारण मुलुक समस्यामा परेका बेला आफुले सके जति सहयोग गरि सामाजिक उत्तरदायित्व वहन गरेको बताए ।वर्तमान अवस्थामा अतिविपन्न, गरीब तथा दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई पर्न सक्ने अप्ठ्यारोलाई मध्यनजर गरी साँझ बिहान छाक टार्न गाह्रो भएका परिवारका लागि राहत वितरण गर्नेपनि बताए ।
यो सहयोगले पनि ठुलो राहत मिलेको भन्दै राहत लिन आएकाले खुशी व्यक्त गरे ।

Sharing is caring!

Latest News

आज को राशीफल
बिहीबार, बैशाख ११ २१:१६
क्षितिज बोर्डिङ स्कुल मसुरिया का सञ्चालक कृष्ण भुसाल मृत अवस्था मा फेला
बिहीबार, बैशाख ११ २१:१६