१८ बैशाख २०८३, शुक्रबार
प्रेस बिज्ञप्ति भारतमा अलपत्र रहेका नेपालीहरुको उद्दारकोलागि अपिल
सोमबार, बैशाख २२ १७:०१

प्रेस बिज्ञप्ति भारतमा अलपत्र रहेका नेपालीहरुको उद्दारकोलागि अपिल

ल्ल

रघुबिर सिङ् ठगुन्ना –बिज्ञप्ति मिति -२०७७ /०१ /२२
भारतमा अलपत्र रहेका नेपालीहरुको उद्दारकोलागि अपिल गर्दछौ
उपरोक्त सम्बन्धमा मिति २०७५ चैत्र ११ गते देखि बिस्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना रोगबाट देश र जनता बचाउने उदेस्यले देश भरी लग डाउन गरेको आज ४२ औ दिनमा पुगिसकेको अवस्थामा आजको दिन सम्म देशमा कोरोनाको महामारी नियन्त्रणमा रहनु, हाल सम्म ७५ जनामा मात्र कोरोना सिमित रहनु र त्यसको कारण एक जनाको पनि ज्यान नजानु रोग लागेकाहरु पनी निको हुँदै घर जानेको सँख्या ठूलो रहनु र महामारीले बिशाल रुपलिनबाट बचाउनु नेपाल सरकार , स्वास्थ्य मन्त्रालय र नेपाली जानताको ठूलो सफलता हो । यश बिचमा चीन लगाएत केहि देशमा फसेका नेपाली नागरिक र नेपालमा फसेका अन्यदेशका नागरिकहरु हवाई जहाज बाट उद्धार गरिनु, छिमेकी देश भारत र नेपालका सिमानाकाहरुमा अलपत्र परेका सयौ नेपाली नागरिकहरु तथा देश भित्रकै विभिन्न शहर तथा जिल्ला हरुमा अलपत्र परेका जनता भित्र्याउन सहयोग गर्नु र तिनीहरुलाई स्वदेश र उनिहरुको पालिका सम्म ल्याइ स्वास्थ्य चेक जाँच गरि क्वारेन्टाइनमा राखी रेखदेख गर्नु जस्ता प्रशँसनीय कार्य भएका छन । कोरोना महामारी तत्काल नियन्त्रणमा नआउने र लग डाउनको अवधि बढदै जाने अवस्था देखिएको छ ।
यश अवस्थामा लगडाउनको कारण छिमेकी मित्र रास्ट्र भारतको दिल्ली, बैङलोर , मद्रास,मुम्बै, महाराष्ट्र, केरला, चेन्नई , पन्जाब, युपी,मध्य प्रदेश, देहरादुन,हरिद्वार आदि सहरहरुमा रोजगारिको खातिर भौतारिदैगएका र बिगत लामोसमय देखि त्यहा सिजनल रोजगारी गर्दै आइरहेका अतिबिपन्न अतिनिम्न बर्गका नेपाली हरु जो खशान र थरुवान क्षेत्र नेपालका खासगरी दार्चुला,बैतडी, बझाङ, बाजुरा,कालिकोट,जुम्ला, मुगु, हुम्ला,दैलेख, सुर्खेत,जाजरकोट, रुकुम,रोल्पा, डोटी, अछाम,कंचनपुर र कैलाली जिल्लाहरुका हजारौको सँख्यामा खश क्षत्री, बाहुन, दलित, थारु, र गुरुङ मगर लगायतका जनजाति गरिब बिपन्न परीवारका नेपालीहरु फसिरहेकाले उनिहरुलाइ भारतका विभिन्न राज्य हरुबाट नेपालको सिमासम्म ल्याइदिन र नेपाल भारत सिमाबाट सम्बन्धित जिल्ला सम्म ल्याइ दिने ब्यवस्थाको लागि आवस्यक पहल नेपाल सरकारले गरोस भनि बिनम्रता पुर्वक हार्दिक अनुरोध गर्दछौ |
जय खशान ,जय १० +१ प्रान्त |

रघुबीर सिंह ठगुन्ना ‘खस ‘ ,
केन्द्रिय उपाध्यक्ष एबम प्रदेश ७ इन्चार्ज
खसान रास्ट्रिय संघर्ष समिति ,नेपाल

Sharing is caring!

Latest News

अचेल म विरानो भएछु !
सोमबार, बैशाख २२ १७:०१
कोरोना कहर र चुनौती गाउँ शहर
सोमबार, बैशाख २२ १७:०१