१४ जेष्ठ २०८३, बिहीबार
कैलालीमा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किदा सशस्त्र प्रहरीको मृत्यु
मंगलवार, बैशाख २३ १६:००

कैलालीमा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किदा सशस्त्र प्रहरीको मृत्यु

प्रेम जोशी, मसुरिया । पुर्व पश्चिम महेन्द्र राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठक्कर खादा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन । मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक हवल्दार गोरख ऐर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते ऎरको सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरि शरण भट्ट जानकारी दिए । उनले गौरिगंगा नगरपालिका ९ शंकरपुरमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ओमसाई अस्पताल धनगढीको से १ च १८२८ नम्बरको एम्बुलेन्स र बिपरित दिशाबाट आउदै गरेको मोटरसाइकललाई ठक्कर दिएको बताए ।

ठक्करबाट मोटरसाइकल चालक घोडाघोडा १० का भरत बोहरा सामान्य घाइते भएको र उनको घोडाघोडी अस्पतालमा उपचार भैरहेको प्रहरी ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख भट्टले बताए । धनगढीबाट बिरामी बोकेर काठमाडौ जाँदै गरेको उक्त एम्बुलेन्स र चालक धनगढी उपमहानगरपालिका १० का आशाराम चौधरीलाई ईलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।

Sharing is caring!

Latest News

धनगढीमा कोरोनाको चुनौती संग जुध्न थप तयारी हुदै
मंगलवार, बैशाख २३ १६:००
लकडाउन जेठ ५सम्म लम्बियो
मंगलवार, बैशाख २३ १६:००