शुक्रबार, जेष्ठ ९ २३:३५
रोयल कोलाबोरेटिभ्स भारतबाट आएका नेपालीलाई खाना खुवाउदै
धनगढी,रोयल कोलाबोरेटिभ्सले आज सो विद्यालयमा राखिएका ५ सय भन्दा बढिलाई रोयल कोलाबोरेटिभ्स दानापानी अभियान अन्तर्गत खाना खुवाएको छ । भारतबाट उद्दार गरी धनगढी उपमहानगरपालिका २ भन्सारस्थित नवदुर्गा माविमा राखिएका नेपालीहरुलाई रोयल कोलाबोरेटिभ्स प्रालिले खाना खुवाउने अभियान शुरु गरेको छ ।

दैनिक ७ सय जनालाई खाना खुवाउने प्रतिबद्धता गरेको प्रालि अध्यक्ष गजेन्द्र शाहीले बताए ।
उनले धनगढी मै रहेको निसर्ग हस्पिटलले खाद्यान्नको ब्यबस्थापन गरेको बताउदै पकाउने र खुवाउने जिम्मेवारी आफुहरुले लिएको बताए ।

अध्यक्ष शाहीले यो अभियान निरन्तर चलिरहने बताए । अध्यक्ष शाहीले यो अभियानमा जोडिन चाहने ब्यक्ति र सस्थालाई सम्पर्क राख्न आग्रह गरे ।
