रोयल कोलाबोरेटिभ्सले ४०७० जनालाई यो झरीमा खाना खुवायो
रोयल कोलाबोरेटिभ्सले ४०७० सय भन्दा बढिलाई दानापानी अभियान अन्तर्गत खाना खुवाएको छ । दिनभरीको वर्षा र झरीले यात्रुलाई पुगाएको सास्ती संगै नेपाल भारत सिमानामा आउने नेपाली नागरिकलाई खाना खुवाई सेवा गर्दै आएको छ । सामाजिक दुरी कायमै गर्दै नेपाली नागरिकलाई खाना खुवाई हो ।

विभिन्न मनकारी महानुभावहरुको सहयोगमा कोरोना महामारीको संत्रास बीच भारतको गैरी फन्टा नाकाँबाट नेपाल भित्रिने यात्रुको सेवाको लागी सिमा क्षेत्र डोकेबजारमा निशुल्क “खाना पानी अभियान संगै निशुल्क आकस्मिक फोन सेवालाई निरन्तर रुपमा जारी राखेको छ ।
अभियान अन्तर्गत पन्ध्रौं दिनसम्म आईपुग्दा आज मात्रै ४०७० बढी खाना प्लेट सेवा उपलव्ध गराएका रोयल कोलाबोरेटिभ्स अध्यक्ष गजेन्द्र विक्रम शाहीले बताए ।

कैलालीको त्रिनगर भन्सार नाका मार्फत भारतबाट लकडाउन र प्रचण्ड गर्मी र वर्षा र झरीमा समस्या परी हजारौं नेपालीहरु भित्रिने क्रम जारी छ ।
विभिन्न मनकारी दाताको सहयोग संगै निसर्ग अस्पतालले मूख्य सहयोग र धनगढी उपमहानगरपालिकाले व्यवस्थापनमा सहयोग गर्दै आएका यस अभियानलाई नेपालगंज मेडीकल कलेज र सामाजिक संस्था “फिल द बकेट” ले १० हजार मानिसका लागी पुग्ने खाद्यान्न सामग्री सहयोग गरेको थियो । यस सेवाको अभियानलाई सहयोग दान गर्ने समस्त मानवसेवी प्रति आभारी रहेको र अध्यक्ष शाहीले यो दानापानी अभियान अभियान निरन्तर चलिरहने बताए ।

आज मात्रै भारतको गैरी फन्टा नाकाँबाट ४२०० भित्रीएको जिल्ला प्रशासन कार्यालय,कैलालीका प्रशासकीय अधिकृत सूचना अधिकारी शिवराज जोशलिे बताए ।
