१८ बैशाख २०८३, शुक्रबार
नगर प्रमुख वडको पहलमा २२ करोड सम्मका धनगढी उपमहानगरपालिकामा खानेपानी आयोजना शुरु
शुक्रबार, जेष्ठ ३० २०:२१

नगर प्रमुख वडको पहलमा २२ करोड सम्मका धनगढी उपमहानगरपालिकामा खानेपानी आयोजना शुरु

धनगढी, जेठ ३०  । कैलालीको धनगढी उपमहानगरपालिकाले प्रत्येक वडाका बासिन्दालाई शुद्ध खानेपानी उपलव्ध गराउने लक्ष्यका साथ खानेपानी आयोजना निर्माणको कार्यलाई तिव्रता दिएको छ । उपमहानगरपालिकाका विभिन्न वडामा न्यूनतम २ करोडदेखि २२ करोडसम्मका खानेपानी आयोेजना निर्माण हुन थालेपछि निर्माण कामलाई तिव्रता दिएको हो ।

खानेपानी आयोजना अन्तर्गत शुक्रवार (आज) मात्रै धनगढी उपमहानगरपालिका वडा नम्बर १० मा बोर गाड्ने काम भएको छ । ५ करोडको लगानीमा निर्माण हुन लागेको खानेपानी आयोजना ५ कठ्ठा जमिनमा फैलिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजेन्द्र रानाले यो खानेपानी आयोजनाले वडा नम्बर १० का बासिन्दालाई मात्रै नभएर ९ नम्बर वडाका बासिन्दालाई समेत राहत पुग्ने बताए । मन्दिरले उपलव्ध गराएको ५ कठ्ठा जमिनमा बोर गाड्ने कार्य भएको छ, वडा अध्यक्ष रानाले भने, ‘निर्माण कार्य सम्पन्न हुन २ वर्ष लाग्छ । ’सो बोर गाड्ने कार्य श्रीबालाजी निर्माण सेवाले पाएको छ।

त्यस्तै धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले आफुले चुनाव जितेर आइसकेपछि प्रत्येक वडाहरुमा खानेपानीका आयोजनाहरु वितरण गरेर निर्माण कार्यको थालनी गरेको बताए।  उनले सुरुमा वडा नम्बर ६ बाट खानेपानी आयोजनाको निर्माण कार्य सुरु गरेको र त्यसपछि विस्तारै वडा नम्बर ३ र १२ मा निर्माण कार्य थालनी गरेको बताए। वडा नम्बर १२ मा काम भएर पानी निस्कीसकेको छ, उनले भने,‘१० नम्बरमा (आज) शुक्रवारबाट सुरु भयो,यो लगतै वडा नम्बर ९ मा पनि सुरु हुन्छ । ’केही वडामा पुराना खानेपानी ट्यांकी छन्,त्यसलाई मर्मत र विस्तार गर्ने तयारीमा जुटेका छौं, मेयर वडले भने,‘धनगढीमा २ वडा बाहेक सवै वडामा खानेपानी जडान गरिसकेका छौं।’उनले आफु मेयर रहेसम्म धनगढी  नगरका प्रत्येक वडाका बासिन्दालाई खानेपानी आयोजनाबाट शुद्ध पानी उपलव्ध गराएर जाने अटोट रहेको बताए ।  फूलवारी क्षेत्रका लागि ७० लाखको बराबरको लागतमा खानेपानी आयोजनाको निर्माण कार्य अगाडी बढेको छ। निर्माण कार्य अन्तर्गत अहिले पाइप विछ्याउने काम भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

त्यस्तै वडा नम्बर १६ मा खानेपानी पाइप विछ्याउने कार्य भएको छ भने वडा नम्बर १५ मा खानेपानी जमिनबाट निस्कीसकेको छ। धनगढी उपमहानगरपालिकाले यो वर्ष वडा नम्बर ११ र १७ मा खानेपानीका लागि प्रस्ताव गरेको छ।

त्यस्तै खानेपानी संस्थान धनगढीका प्रमुख अरबिन्द्र कुमार कर्णले धनगढी उपमहानगरपालिका भित्र ८० देखि ९० प्रतिशत खानेपानी पुर्याउन सफल भएको बताए। उनले कुनै वडामा उपभोक्ताको आफ्नै कारण र कुनै योजनाको रुपमा थन्किएको बताए। संस्थानले गत वर्ष इएवाई निकालेपछि अहिले प्रत्येक वडामा डिपीआर भईरहेको उनको भनाई छ। संस्थानले अहिले धनगढी नगर क्षेत्रका वडामा १७ देखि १८ घण्टा खानेपानी उपलव्ध गराउँदै आएको दावी गरेको छ

Sharing is caring!

Latest News

दिदिवहिनी महिला समुह यूके नेता डा. रणबहादुर रावलको पहलमा गौरीफन्टा नाकाबाट नेपाल भित्रिने नेपालीलाई खाना खुवाईदै
शुक्रबार, जेष्ठ ३० २०:२१
बाजुराको बडिमालिका नगरपालिका क्वारेन्टाइनमा एक युवकले गरे आत्महत्या
शुक्रबार, जेष्ठ ३० २०:२१