३० आश्विन २०८३, शुक्रबार
डोटीको पुर्बीचौकीमा ७० जना महिलाहरुलाई पौष्टिक आहार वितरण (साईन नेपालद्वारा)
बुधबार, असार ३ २२:०५

डोटीको पुर्बीचौकीमा ७० जना महिलाहरुलाई पौष्टिक आहार वितरण (साईन नेपालद्वारा)

कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन(बन्दाबन्दी)को अवस्थामा छ । गत चैत ११ गतेबाट सरकारले आफना नागरिकको सुरक्षाका लागि लकडाउन घोषणा ग¥यो । सवै क्षेत्र लकडाउनले प्रभावित बन्यो ।


लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर दैनिक गुजारा चलाउने तथा बिपन्न परिवारलाई मानवीय सेवामा अनेकौं प्रयास नामक संस्था अन्तर्गत सञ्चालित केयर एण्ड रिलिफ परियोजनाको आपतकालिन राहत तथा उद्धार कार्यक्रम अन्तर्गत बुधबार डोटीको पूर्विचौकी गाउँपालिका वडा नम्वार ३ सुत्केरी भएका महिलालाई पौष्टिक आहार सहयोग गरेको हो ।


पुर्बीचौकी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक वर्ष भित्रका ७० जना सुत्केरी महिलाहरुलाई पौष्टिक आहार (पोषण ) सामाग्री वितरण गरेको साईन नेपालका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।


अध्यक्ष जोशीले सो वडाका वडाध्यक्ष अम्मर बहादुर चयडालाई एक लाख २७ हजार २ सय पचास रुपैयाँ बराबरको पोषण सामाग्री हस्तान्तरण गरि एकवर्ष मुनिका ७० शिशुका आमाहरुलाइ हर्लिक्स ,अण्डा ,चिनी ,प्रोटिन ,नुन ,सेनेटरी प्याड ,काजु र तोरीको तेल वितरण गरेको बताए ।

Sharing is caring!

Latest News

नमुना क्वारेन्टाईनमा भारतीय नागरिकको सहयोग
बुधबार, असार ३ २२:०५
फोटो पत्रकार महासंघद्धारा बझाङ्गका क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट
बुधबार, असार ३ २२:०५