२७ आश्विन २०८३, मंगलवार
शिखर नगरपालिकामा आइसोलेसनका लागी सामाग्री हस्तान्तरण साइन नेपाल धनगढीद्वारा
सोमबार, असार १५ १९:५६

शिखर नगरपालिकामा आइसोलेसनका लागी सामाग्री हस्तान्तरण साइन नेपाल धनगढीद्वारा

आइसोलेसन निर्माणका लागी साइन नेपाल धनगढीले शिखर नगरपालिका डोटीमा सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले वडा नम्वर ३ को आलीमा निर्माण गरेको २५ वेडको आइसोलेसनका लागी आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

साइन नेपाल धनगडीका अध्यक्ष भक्तराज जोशीले बेडीङग म्याट्रेस २५ थान, तन्ना २५ थान, तकीया २५ थान र सुपानेट झुल २५ थान नगर प्रमुख सिताराम जोशीलाइ गरे । अध्यक्ष जोशीले साइन नेपालले केयर एण्ड रिलीफ परियोजनाको आपतकालीन राहात कार्यक्रम अन्र्तगत शिखर नगरपालिकालाइ सामाग्री हस्तान्तरण गरेको जानकारी दिए । साइन नेपाल संस्थाले उपलब्ध गराएको सामाग्रीले नगरपालिकालाइ निकै राहात भएको नगर प्रमुख सिताराम जोशीले बताए । सामाग्री हस्तान्तरण कार्यक्रममा नगर उप प्रमुख धौली देवी रावल, प्रमुख प्रसाशकीय अधिकृत प्रमानन्द शर्मा, स्वास्थ्य शाखा प्रमुख हरिश शाह, नेपाल पत्रकार महासंघका अध्यक्ष योगेन्द्र वलायर, रेडियो डोटीका प्रवन्ध निर्देशक चक्र कुँवर लगायतको सहभागीता रहेको थियो । साइन नेपाल धनगढीले डोटी लगायत सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा स्वास्थ्य तथा खाद्यय सामाग्रीहरु सहयोग गरिरहेको छ ।

Sharing is caring!

Latest News

धनगढी उप–महानगरपालिकामा कोभिड–१९ प्रतिकार्य कार्यक्रम सुरु
सोमबार, असार १५ १९:५६
धनगढी उप–महानगरपालिका वडा नं ११ को कार्यालय भवन शिलन्यास
सोमबार, असार १५ १९:५६