८ बैशाख २०८१, शनिबार
बाजुराको  बुढिगङ्गा नगरपालिका  क्वारेन्टिनका लागि खाद्यान्न सामग्री वितरण
मंगलवार, असार १६ २१:४२

बाजुराको बुढिगङ्गा नगरपालिका क्वारेन्टिनका लागि खाद्यान्न सामग्री वितरण

बाजुरा, कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन(बन्दाबन्दी)को अवस्थामा छ । गत चैत ११ गतेबाट सरकारले आफना नागरिकको सुरक्षाका लागि लकडाउन घोषणा ग¥यो । सवै क्षेत्र लकडाउनले प्रभावित बन्यो । स्थानिय सरकारलाई क्वारेन्टिन र भारतबाट आउने नागरिकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । यसैबीच समाज सेवी भक्तराज जोशी खाद्यान्न सामग्री सहित बाजुरा पुगेका छन् । मानवीय सेवा समर्पित जोशीले विभिन्न समयमा सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् ।

सोमबार समाजसेवी जोशीले मानवीय सेवामा अनेकौं प्रयास नामक संस्था अन्तर्गत १०जिल्लामा सञ्चालित केयर एण्ड रिलिफ परियोजाको आपतकालिन राहत तथा उद्धार कार्यक्रम अन्तर्गत बुढिगङ्गा नगरपालिकाका सबै क्वारेन्टिन खाद्यान्न सामग्री वितरण गरेका छन् ।अध्यक्ष जोशीले बुडिगङ्गा नगर पालिकालाई २५ क्वीन्टल चामल, ३क्वीन्टल दाल, तोरीको तेल ४ पेटी , सय किलो आयोडिन नुन र ४ पेटी साबुन वितरण गरेका छन् ।

उक्त खाद्यान्न सामग्री बुडिगङ्गा नगरपालीकाका नगर प्रमुख दिपक विक्रम शाहलाई हस्तान्तरण गरेको अध्यक्ष जोशीले बताए ।यस्तो विपतको घडीमा संस्थाले उपलब्ध गराएको खाद्यान्न सामग्रीले आफुहरुलाई ठूलो सहयोग पुग्ने बुडिगङ्गा नगरपालिकाका नगर प्रमुख शाहले बताए ।खाद्यान्न सामग्री क्वारेन्टिनमा बसेकाहरुका लागि वितरण गरिएको जोशीले बताए ।

Sharing is caring!

कैलालीको घोडाघोडी नगरपालिकामा पनि देखियो सलह किरा।
मंगलवार, असार १६ २१:४२
जन्मदिनको अवसरमा समाजसेवी जोशीद्वारा विपन्न मजदुर परिवारलाई खाद्यान्न सहयोग
मंगलवार, असार १६ २१:४२
shares