१३ बैशाख २०८१, बिहीबार
धनगढीको वडा नं १७ लाई आँपगाउँ बनाउने अभियान
बिहीबार, असार २५ १९:०८

धनगढीको वडा नं १७ लाई आँपगाउँ बनाउने अभियान


धनगढी, २५ असार
धनगढी उप–महानगरपालिका वडा नं १७ लाई आँप गाउँको पहिचान दिनका लागि काम गर्न थालिएको छ ।
उप–महानगरपालिकाले एक गाउँ एक उत्पादन भन्ने नीति लिए अनुरुप वडा नं १७ धुर्झन्ना, पथरी, डमौलियाका प्रत्येक घरमा अनिवार्य रुपमा दुईवटा बिरुवा लगाउन थालेको हो । उप–महानगरपालिकाले २ वटा आँपका बिरुवा निःशुल्क उपलब्ध गराएको छ भने घर धनीले अनिवार्य रुपमा दुईवटा बिरुवा लगाउनु पर्ने ब्यबस्था गरिएको छ ।
धनगढीका नगरप्रमुख नृपबहादुर वडले वडा नं १७ अन्य वडाको तुलनामा पछाडी परेकाले विकास निर्माणका काममा प्राथमिकतामा पारिएको बताए ।

उनले वडा नं १७ कृषीका साथै फलफुल खेतीका लागि सम्भाब्य ठाउँ भएकाले आँपको गाउँको रुपमा विकास गर्न थालिएको बताए । नगरप्रमुख वडले बिहिबार मात्रै वडामै पुगेर स्थानीयको बारीमा आफै आँप रोपेर सहयोग गरे । नगरप्रमुख वडले आफु निर्वाचित भएर आउने वित्तिकै भोट बराबर बोट, त्यसपछि धनगढीको जनसंख्या बराबर बोटको अभियान सुरु गरेको बताए ।


वडा नं १७ का अध्यक्ष माधवराज रानाले नगर प्रमुख वडको पहलमा आँप गाउँ अभियान अन्तरगत २ हजार ९ सयको हाराहारीमा आँपको बिरुवा वडाबासीमा उपलब्ध गराएको बताए । धनगढी उप–महानगरपालिका आरयूडिपीको सहयोग र विकासका लागि यूवा ऐक्यवद्धताको साझेदारीमा आँपको बिरुवा उपलब्ध गराएको संस्थाका अध्यक्ष बिनय लामाले बताए ।
त्यसैगरी धनगढी उप–महानगरपालिका ७ मा रहेको सृजना स्मृती पार्कमा पनि नगरप्रमुख वडले बृक्षा रोपण गरेका छन् ।

Sharing is caring!

भरुवा बन्दूकसहित दुईजना पक्राउ ।
बिहीबार, असार २५ १९:०८
डोटीका कृषकलाई फलफूलका बोटबिरुवा वितरण
बिहीबार, असार २५ १९:०८
shares